News

धादिङबेसीमा मोटरसाइकल चालकलाई प्रहरीले कुटेको भिडियो भाइरल

काठमाडौं । धादिङकाे सदरमुकाम धादिङबेसीमा प्रहरीले मोटरसाइकल चालकलाई लाठीचार्ज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । महिला प्रहरी सहायक निरीक्षक (असई)ले एक जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडियोमा देखिन्छ । घटना मंगलबार साँझको हो ।

महिला असईसँगै रहेका छन्, अरु दुई प्रहरी । मोटरसाइकल रोकेर ति असईले असभ्य भाषामा ‘तँ कहाँ जान लागेको, लकडाउन छ भन्ने थाहा थिएन् ?’ भन्दै कटवासको लौराले कुटेको भिडियोमा देखिन्छ ।

मोटरसाइकल चालक समस्या परेर सड्कमा निस्केको हो कि होइन भन्नेबारे नबुझी बल प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले भिडियोबारे आफूले भर्खरै सुनेको भन्दै भिडियो हेर्न नपाएको बताए ।

‘कोही जरुरी काममा निस्केको छ भने त हामीले छाडेका छौं, तर अनावश्यक निस्कनेलाई चाहिँ कारवाही गरिएको छ’ रेग्मीले भने–‘भिडियोको वास्तविकता के हो म बुझ्छु ।’

Related Articles

Back to top button
Close