News

यी हुन् चीनकी ‘ब्याट वुमन’ जसले विश्वलाई को’रोनाभा’इरसबाट बचाउन सक्छिन्

काठमाडौं। शी जेंगली १६ वर्षदेखि विश्वको एक पुस्ताले नै नदेखेका ड’रलाग्दा म’हामारीसँग ल’ड्नको लागि तयार भएकी छिन् । चीनको वुहानकी यी भा’इरोलोजिस्ट ती ‘ब्याट वुमन’ वैज्ञानिक हुन् जसले यो भा’इरसको पहिलो केस देखिएको केही दिनमै यो भा’इरसको ‘जीन सिक्वेन्स’ पत्ता लगाएकी थिइन् । तर, त्यतिबेला उनलाई उनको उल्लेखनीय खोज विश्व्सामु ल्याउनबाट अल्मल्याइयो र उनको खोजी भित्रै द’बियो । उनी विश्वका शीर्षअनुसन्धानकर्ता मध्येकी एक हुन् जसले चमेराका गुफामा सा’र्सजस्ता दर्जनौं प्रा’णघा’तक भा’इरसको बारेमा खोजी गरिसकेकी छिन् ।

उनले डिसेम्बरको अन्त्यमा वुहानमा फैलिएको त्यतिबेला र’हस्यमय श्वास प्रश्वास सम्बन्धी रो’गका बि’रामीहरुको नमूनाको अध्ययन गरेकी थिइन् र यो भा’इरस सार्ससँग मिल्दोजुल्दो भएको तथ्य पत्ता लगाएकी थिइन् । यसलाई नोभेल को’रोनाभा’इरसको रुपमा पहिचान गरियो । त्यसको तीन दिनमै उनले यसको जीन सिक्वेन्सिङको प्रक्रिया पूरा गरेकी थिइन् र उनले यसको ९६ प्रतिशत प्रकृति युनानमा पाइने चमेरामा हुने भा’इरससँग मिल्ने पत्ता लगाएकी थिइन्। उनले ३ दिनमै गरेको यो जीन सिक्वेन्सिङको प्रक्रियालाई महिना र कुनै कुनै अवस्थामा वर्षसम्म लाग्न सक्छ ।

डेलिमेलको रिपोर्ट अनुसार चिनियाँ अधिकारीहरुले सुरुमा यो भा’इरस भेटिएकोबारे बाहिरी विश्वलाई सूचना लु’काउने प्रयास गर्दा उनको यो खोजी पनि लु’काइएको थियो जुन अहिले आएर उजागर भएको छ । चिनियाँ पत्रकार गाओ युले डेलिमेलसँग कुरा गर्दै वुहानमा लकडाउनका बेला आफूले शीसँग भेटेको र शीले आफ्नो खोजीलाई द’बाइएको बताएको उल्लेख गरेका छन् । पत्रकार गाओले अगाडि भने ‘हामीलाई पछि थाहा भयो कि उनको इन्ष्टिच्युटले यसको जीन सिक्वेन्सिङ र अन्य सम्बन्धित परीक्षण जनवरी २ भन्दा पहिल्यै सकिसकेका थिए तर उनीहरुलाई अल्मल्याइएको थियो ।’

जीन सिक्वेन्सिङको यो जानकारी एक हप्ता पछिसम्म पनि सार्वजनिक गरिएको थिएन । अहिले यही जानकारीलाई विश्वभरी भा’इरसको उपचार र भ्याक्सिनको खोजीका लागि प्रयोग गरिँदैछ र यो खोजीको लागि समयसँग प्रतिस्पर्धा भइरहेको छ । जेंगलीका लागि यो खोजी उनको १६ वर्षभन्दा लामो समयको कामको उच्चतम प्रतिफल हो जसले उनलाई आफ्नो क्षेत्रमा विश्वकै अग्रणी वैज्ञानिकमध्ये उक बनाएको छ ।

तर जब यी भा’इरोलोजिस्टलाई गएको डिसेम्बर ३० मा पहिलो बि’रामीको नमूना परीक्षणका लागि बोलाइयो, उनी भन्छिन् उनलाई थाहा थियो कि उनी आफ्नो सबैभन्दा ख’राब सपनासँग ल’ड्नु’पर्नेछ । अनि जेंगलीलाई अर्को ड’र पनि थियो – के त्यो भा’इरस उनले काम गर्ने ल्याबबाट दु’र्घटनावश बाहिरिएको थियो ?

१६ वर्षसम्म चमेरासँग काम गर्ने क्रममा जेंगलीले जनावरबाट को’रोनाभा’इरस मानिसमा सर्ने जो’खिममा रहेका केही क्षेत्रको पहिचान गरेकी थिइन् तर ती स्थानमध्येमा देशको बीचमा रहेको वुहान भने थिएन । उनले भनिन् ‘मैले अपेक्षा गरेकी थिइन कि यस्तो किसिमको घ’टना चीनको बीचमा, वुहानमा हुन सक्छ । मैले त्यतिबेला सोचेको सम्झिन्छु – के यो भा’इरस हाम्रो ल्याबबाट आएको थियो ?’ त्यतिबेला जेंगली वुहानबाहिर एक सम्मेलनमा थिइन् जहाँ उनलाई त्यो ड’रलाग्दो फोन कल आएको थियो जसले पूरै विश्वको स्थिति नै बदलिदियो ।

अस्पतालमा भर्ना भएका २ जना बि’रामीमा असामान्य किसिमको निमोनिया देखिएको थियो । वुहान सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई जेंगलीको विशेषज्ञताको आवश्यकता परेको थियो ताकि यो भा’इरस सार्वजनिक स्वास्थ्यको लागि ख’तरनाक जो’खिम हुन सक्छ कि सक्दैन भन्ने थाहा पाउन सकियोस्। उनका निर्देशकले उनलाई जेसुकै गरिरहेको भए पनि तत्काल छोड्न र यो नयाँ भा’इरसबारे काम सुरु गर्न भनेका थिए । यो निर्देशनसँगै उनी तत्कालै ट्रेनमा वुहानस्थित ल्याब आएकी थिइन् ।

जेंगली र उनको टिमले यो भाइ’रसको जेनेटिक कोड पत्ता लगाउन दिनरात नभनी काम गरेका थिए । जेंगली त्यो टिमकी सदस्य थिइन् जसले सार्स भा’इरसका विषयमा काम गरिरहेको थियो । सार्सको म’हामारीभन्दा अगाडि पूरै विश्व को’रोनाभा’इरस परिवारबारे अनभिज्ञ थियो तर २००२ मा सार्स म’हामारीपछि विश्वले यसबारे अनुसन्धान र यसको सं’क्रमण रोक्ने अभियान सुरु गरेको थियो । जेंगली यही सुरुवाती टिमकी सदस्य थिइन् ।

Related Articles

Back to top button
Close