News

हिन्दु धर्मलाई किन वैज्ञानिक धर्म भनिन्छ ? यस्तो छ कारण

विश्वमा बिभिन्न धर्मावलम्बीका मानिसहरु छन् । तर सबैभन्दा प्राचीन धर्मका रुपमा वैदिक सत्य सनातन धर्मलाई लिने गरिन्छ । जसलाई हिन्दु धर्म पनि भनिन्छ । हिन्दु धर्ममा केहि यस्ता मान्यताहरु छन् जुन मान्यता विज्ञानसँग जोडिएका छन् । त्यस्कै कारण हिन्दु धर्मलाई वैज्ञानिक धर्म भन्ने गरिन्छ ।

१ हवन

हिन्दु धर्ममा पूजा-पाठ गरेपछि हवन गर्ने गरिन्छ । हवनमा घिउ,कर्पुर, आँपको समिधा, तथा बिभिन्न धुपहरुको प्रयोग गर्ने गरिन्छ । वैज्ञानिकका अनुसार हवनले वातावरणलाई शुद्ध बनाउँछ । साथै हवन गर्दा हावामा फैलिएका किटाँणुहरु न’ष्ट भएर जान्छन् ।

२ तुलसी पूजा

तुलसीको मठ अधिकांश हिन्दुधर्मावलम्वीहरुको घरमा हुने गर्छ । मठमा विहान-विहान पानी चढाउँने गरिन्छ । तुलसीबाट आयुर्वेदिक औषधी बनाउँने गरिन्छ । तुलसीको पत्ताबाट सानातिना रो’गहरु ठीक हुन्छन् । तुलसीका विरुवाहरुले वातावरणलाई शुद्ध बनाउँने वैज्ञानिकहरुको दा’बी छ ।

३ सूर्य नमस्कार

हिन्दु धर्मका अनुसार विहान उठेर स्नान गरेपछि सूर्यलाई जल चढाएर पूजा गर्दा रोगहरु ना’श हुने विश्वास गरिन्छ । किनभने वैज्ञानिकहरुले विहानको सूर्यको किरण स्वास्थ्यको लागि लाभदायक हुने गरेको बताएका छन् ।

४ उपवास

हिन्दु धर्मका अनुसार व्रत (उपवास) बस्नु पहिलेदेखिकै परम्परा हो । वैज्ञानिकहरुले व्रत बस्दा पाचन प्रक्रिया सन्तुलित हुने कुराको ठोकुवा गरेका छन् ।

५ घन्टी तथा शंखको ध्वनी

हिन्दु धर्मावलम्वीहरु पूजा गर्दा शंख तथा घन्टी बजाउँने गर्छन् । तर यसको महत्व ठूलो रहेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार मन्दिर तथा पूजा कोठामा शंख-घन्ट बजाउँदा वातावरण पवित्र हुनुका साथै किटाणुहरु टाढा जान्छन् । एजेन्सी

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

त्यसैगारी पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।

तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

Related Articles

Back to top button
Close