News

कारोना संक्रमण छ/छैन मोबाइल एपबाट थाहा पाउनुहोस्

चैत्र १६, काठमाडौं। स्वास्थ्य मन्त्रालयले घरमै बसेर कोभिड-१९ को स्व:मूल्यांकनको लागि मोबाइल एप ‘हाम्रो स्वास्थ्य’ सञ्चालनमा ल्याएको छ। आइतबारदेखि मन्त्रालयले कोरोना पहिचानको लागि http://covid19.mohp.gov.np मोबाइल एप संचालनमा ल्याएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस संक्रमणको रोकथामको जोखिम घटाउन यो एप सहयोगी हुने बताए। ‘यसमा व्यक्ति आफैँले कोरोना भाइरस संक्रमणको सम्भावित लक्षणहरू छ भने इन्ट्री गरेर स्व: मूल्यांकन गराउन सक्नेछन्,’ देवकोटाले भने, ‘त्यस्तै आफूले खोजेको सुविधा नजिकको अस्पतालमा छैन भने अर्को नजिकको अस्पताल पहिचान गर्न एपले सहयोग गर्नेछ।’
उनका अनुसार आफूमा कोभिड-१९ छ कि छैन र कुन अवस्थामा छु भन्ने एपमार्फत घरमै बसेर थाहा पाउन सकिनेछ। यसबाहेक मन्त्रालयले कोभिड-१९ सम्बन्धी आधिकारिक सूचना यसैबाट जानकारी दिनेछ।

मन्त्रालयले सार्वजनिक गरेको यो एपबाट देशभर कति क्वारेन्टाइन, आइसोलेसन छन् लगायतका विवरणसमेत थाहा पाउन सकिन्छ। एपमा अस्पतालमा आफूले खोजे अनुसारको सुविधा भए नभएको विषयमासमेत जानकारी गराउने छ।

प्रवक्ता देवकोटाका अनुसार एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिनेछ। एपकै सहयोगमा घरमै बसेर हरेक व्यक्ति आफैले आफूलाई कोरोना भएनभएको बारेमा जानकारी लिन सक्नेछन्।

Related Articles

Back to top button
Close