News

स्व’र्गको टुक्रा देखिने नेपाललाई विश्वसामु चिनाऊन शक्दो शेयर गरौँ !


नेपाल विश्वका मानिसले स्व’र्ग भनेर कल्पना भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ म’न्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ । यस क्षेत्रमा पाइने लो’पोन्मुख वन्यजन्तु ‘पा’नीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चो’री सि’कारी र सरकारी निकायको बे’वास्ताका कारण लो’प हुँदै गएको यो बन्यजन्तु सं’रक्षण गर्ने हो भने यसैलाई हेर्नपनि लाखौँ मानिस आउनेछन् । किनकी यो बन्यजन्तु विश्वमा नै लो’प हुँदै आएको छ ।

प्राकृतिक रुपमा भरीपूर्ण र पर्यटकीय हिसाबमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मो’हित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फै’लिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भ’रिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल ।

वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भ’क्तजनहरु समेत पुग्दछन् । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ । यसैपनि पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको सल्यान प्रकृतिले ब’रदान दिएको ठाँउ हो । प्रदेश नम्बर ६ मा परेको यो जिल्ला पर्यटकीय हिसाबले निक्कै म’लिलो छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन ।

बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जो’डेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो स’हयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्र’चलित छ । तर कतिपयले सल्लै सल्लाका सुन्दर पहाड र थ’म्काहरूले अत्यधिक मात्रामा ढा’किएकाले यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन् । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासले गर्दा सल्यानका अधिकांस मानिसहरुको जीवन अझै क’ष्टकर छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै स’म्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अ’भावमा ओ’झेलमा छ ।

छाँयाक्षेत्र– नेपालका सबै श’क्तिपीठहरुमध्ये ब’ली नचढाइने एकमात्र श’क्तिपीठ हो सल्यानको छाँयाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पू’जाआराधना गरेकाले कुनै पनि अवसरमा ब’लि न’चढाइने बताइन्छ । स’त्ययुुगमा महादेवले सतीदेवीको मृ’त शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अ’न्तिम अं’ग प’तन भएको विश्वास गरिने छाँयाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो । सल्यान सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्नेउक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।

अजबथब– टाढा–टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानी लगायतको राम्रो व्यवस्था हुनसकेको छैन । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूमिमा काल आदि अष्ट भैरवले त’पस्या गरेका थिए । जहाँ सतीदेवीको शरीर प’तन भएको थियो, त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

खैराबाङ– खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नं।११ खैराबाङमा रहेको मन्दिर स्थललाई स’त्ययुगमा महादेवले स’त्यदेवीको मृ’त शरिर बो’केर विश्व भ्रमण गर्दा देवीको अं’ग प’तन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट एक घण्टा र सदरमुकाम खलंगा हुँदै साढे दुई घण्टा लाग्छ ।

फलाबाङ दरबार– यो सल्यानको धरोहर फलाबाङ दरबार हो । जिल्लाको फलाबाङ गाबिसमा पर्दछ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएको दरवार अहिले राज्यवाट संरक्षण पाउन नसक्दा अ’स्तित्व नै मे’टिन लागेको छ । विं.सं. १८८५ मा निर्मित यो ऐ’तिहासिक महत्वको फालावाङ दरवार उचित संरक्षणको अ’भावमा अब तस्विरमा मात्र सिमित हुन पुगेको छ । ज’नयुद्ध ताका दरवार रे’खदेखको जिम्मा पाएका स्था’निय व्य’क्तिहरुले आफ्नो जि’म्मेवारी नि’र्वाह गर्न नसकेका कारण बे’वारिसे बन्न पुगेको यो दरवारले आफ्नो अ’स्तित्व गु’माउन गयो ।

कुमाख– समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाकै सबैभन्दा अग्लो पहाड हो । जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ । पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । स्थानीयहरुले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरु बाँझकाँडाको मोख्ला र कालागाउँ थदरामा रहेको गुफाबाट निस्किएकाले गुफाहरुको लम्बाइ निकै भएको भनाई छ ।

कपुरकोटको तरकारी– सल्यानको कपुरकोट तरकारीमा प्र’ख्यात । सल्यान रुकुमको प्रबेशद्धारमा रहेको कपुरकोट आ’सपासमा रहेका गर्पा, सिनबाङ, धनबाङ, रिम तथा रोल्पाका केही गाबिसका आफुले उत्पादन गरेको तरकारीलाइ कृषि उ’पज बजार कपुरकोटले कपुरकोट हाटबजार ल्याउन र बिक्रि बितरण गर्न अ’नुरोध समेत गरेको छ । तरकारी खरिदका लागि नारायगढ,बुटवल,नेपालगञ्ज,धनगडी,दाङ लगायतका ब्यापारी कपुरकोट आइ सकेको कृषि उपज बजार कपुरकोटका अध्यक्ष शोभाकर शर्मा बताउँछन् ।

सल्यानको सुन्तला– नेपालमा पाइने एक प्रकारको फल सुन्तला ।यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो । यसको बोटमा तीखो काँडा हुने गर्दछ। सल्यान जिल्ला सुन्तला राम्रो उत्पदन हुने जिल्ला हो। सल्यानको कोटमौला जिल्ला कै १ नम्बरमा पर्छ सुन्तला उत्पालनको मा’मिलामा । यहाँ बर्सेनी सुन्तला फलफुलको उत्पादनबाट प्रती ब्यक्ती लाँखौको आम्दानी हुने गर्दछ । यसका साथै सल्यानको सुन्तला आफै म गुणस्तर यु’क्त र स्वादिलो हुने हुनाले फलफुल किन्नको लागी दाङ, बुटवल, बाँके, सुर्खेत, आदी ठाउँबाट ब्यापारीहरू सल्यान जिल्लाका बिभिन्न ठाउँमा आउने गर्दछ्न ।

Related Articles

Back to top button
Close