News

१०६ वर्षिया टिट्चेनले अस्पताल छोड्दा नर्स र अन्य व्यक्तिहरूले तालि बजाएर बिदा गरेका थिए ।

४ वैशाख, एजेन्सी – बेलायतमा एक जना १०६ वर्षिया वृद्धा कोरोनाको सफल उपचारपछि डिस्चार्ज भएकी छन् । बेलायतकी कोनि टिट्चेन आज कोरोना मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

३ हप्ता कोरोनासँगको युद्धमा जीत हात पार्दै टिट्चेन बेलायतको बर्मिंघम सिटी अस्पतालबाट आज घर फिर्ता भइन् ।

स्वास्थ्यकर्मी स्यान्डवेलले उनि भाइरसलाई हराउन सफल सबैभन्दा वृद्ध बिरामी भएको र सायद विश्वमै सबैभन्दा वृद्ध पनि हुन सक्ने पनि बताए ।

कोरोनाबाट मुक्त भएपछि टिट्चेनले आँफु परिवारका सदस्यसँग मिल्न आतुर रहेको बताउँदै नर्स र डाक्टरलाई जीवनदान गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

१०६ वर्षिया टिट्चेनले अस्पताल छोड्दा नर्स र अन्य व्यक्तिहरूले तालि बजाएर बिदा गरेका थिए ।

Related Articles

Back to top button
Close