News

नेपालमा प्रहरीले कुटे, डाक्टरलाई ! डाक्टर साक्टर’ चिन्दैनौ भन्दै भकुरे ! त्यसपछि यस्तो ! (भिडियो हेर्नुस)

काठमाडौं – लकडाउन उल्लङघन गरेको भन्दै चिकित्सकमाथी प्रहरीले कुटपिट गरेको छ। बुधबार बेलुकी त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको थियो। क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा उनीहरुलाई प्रहरीले कुटपिट गरेको हो। अस्पतालबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कुटपिट गरेको इन्टरर्नल मेडिशिन डाक्टर शभ्भु खानलले बताए।

कोठा नजिकै पुग्ने क्रममा प्रहरीको भ्यानमा आएर सोधपुछ गरेको र आफूहरुले डाक्टर भनेर परिचय दिँदा प्रहरीले आक्रमक हुँदै डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको उनको भनाई छ।

‘कोठा पुग्नै लाग्दा नजिकै पुलिसको भ्यान आएर को हो तिमीहरु भन्दै आफूहरुलाई लछारफछर गरे’, डा. खनालले नारिकसंग भने, ‘हामीले डाक्टर हौं भन्दै आइडि कार्ड देखायौं। झनै आक्रम हुँदै लाठी प्रहार गर्न थाले।’ (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close