News

सर्पले टोकेपछि बदला लिन सर्पको टाउकोमा नै समाएर चपाए यि ब्यक्तिले, त्यसपछि बेहोश भएर ढले

काठमाडौं । तपाईहामीलाई सर्पले टोकीहाल्यो भने हामी उपचारका लागि दौडिन्छौँ ।

तर भारतका सोनेलालले सर्पले टोकेपछि आफुलाई टोक्ने सर्पको टाउको पनि खाएर सर्पसँग दह्रो बदला लिएका छन् ।

सर्पले उनलाई टोकेको उनले महशुस गरे लगत्तै उनले सर्पको टाउकोमा समाएर चपाएपछि उनी बेहोश भएर ढलेका थिए ।

बेहोस अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय सामुदायिक अस्पतालमा भर्ना गरिएपछि चिकित्सकले उनको शरीमा सर्पले टोकेको कुनै घाउ नभेटेको बताएका थिए ।

तर टाउको चपाउँदा सर्पको विष शरीरभरी फैलिएर त्यसको असरका कारण उनी बेहोश भएको चिकित्सकको भनाई छ ।

Related Articles

Back to top button
Close