Video

स्थानियले लगाइदिए घरमा आगो, प्रहरीलाई निभाउन पनि दिएनन् (भिडियो हेर्नुस्)

काठमाडौ । महोत्तरीमा एक ६ वर्षकी बालिका निधन भएको अवस्थामा फेला परेपछि अवस्था विग्रिएको छ । स्थानिय निकै आ’क्रो’शित भएका छन् । विहानै देखि बर्दिबासमा स्थानियले आन्दोलन गरेका छन् । ६ वर्षकी बालिका माथि नराम्रो काम गरेर ज्यान लिएको प्रहरीको अनुसन्धानवाट प्रारम्भिक निष्कर्ष आएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एक स्थनियलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको अभियोग लागेका युवकको घरमा स्थानियले आगो लगाइदिएका छन् । आगो निभाउन गएको प्रहरीलाई पनि स्थानियले रोकेका छन् । उनीहरुले प्रहरीलाई आगो निभाउन दिएनन् ।

मंगलबार बिहान स्थानीयले स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा आगो लगाइदिएका हुन् । घर पुरै जल्न लागेपछि निभाउन प्रहरी गएको थियो । तर स्थानियले प्रहरीलाई रोकेका छन् ।

महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बो’रामा खाँ’देको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

बालिकाको नियोजित तरिकाले ज्यान लिएको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको ज्यान लिएको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाइँले बताउनुभयो ।

Related Articles

Back to top button
Close