News

दोलखा भीमसेनको शीलामा फेरी पनि पसिना आयो, अनिष्ठ हुने संकेत !

काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई फेरी पनि पसना आएको छ । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार भीमेश्वर मन्दिरका देवता भीमसेनको शीलामा मंगलबार दिउँसोदेखि पसिना आएको हो । यसअघि पछिल्लोपटक २०७६ फागुन ८ गते भीमसेनलाई पसिना आएसँगै मुलुकमा कोरोना महामारी फैलिएका बेला ठूले संख्यामा नेपाली दाजुभाईको मृत्यु हुन पुगेको छ ।

भीमसेनको शीलामा पसिना आएपछि मुलुकमा अनिष्ठ हुने सदिऔँदेखिको धार्मिक मान्यता रहँदै आएको छ ।

भीमसेनको शीलामा पसिना आएपछि कपासले पुछेर राष्ट्र प्रमुखलाई पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पूजाका लागि दान दक्षिणासहित पूजा सामग्री पठाउने चलन रहँदै आएको छ । र यसपटक पनि सोही धार्मिक मान्यतासहितको पूजाको कार्यक्रम गर्ने तयारी गरिएको छ ।

Related Articles

Back to top button
Close