News

२२ वर्षीया सुत्केरीमा देखियो कोरोना, उपचारका क्रममा मृत्यु

सुनसरी – नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या घटेता पनि मृत्युदुर र मृततकको संख्या भने डरलाग्नेगरी बढेको छ । यसैबिच महोत्तरीको बर्दिबास–२ की २२ वर्षीया सुत्केरीको आइतबार बिहान २ : ५० बजे मृत्यु भएको हो ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको हो ।

२२ वर्षीया सुत्केरीले वच्चालाई जन्मदिएपछि उनको उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुर सिटी अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको र उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।

मंसिर २ गते गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएपछि उपचार सुरु गरिएको भएता पनि उनलाई बचाउन सकिएन ।

Related Articles

Back to top button
Close