Entertainment

यि सुन्दरीसँग विबाह गर्दै प्रखर वक्ता रमेश प्रसाई, मन मिलेकै कारण विबाह गर्न लागे

काठमाडौँ । झापाका सामाजिक अभियन्ता तथा प्रखर वक्ता रमेश प्रसाईले विबाहको मिति तय गरेका छन् । धाराप्रवाह बोल्न सक्ने क्षमताका कारण सबैको मन जित्न सफल स्पष्ट वक्ता प्रसाईले कालीकोटकी नन्दा सिंहसँग मंसिरको २२ गते विबाह गर्ने तयारी गरेको ओएस नेपालसँगको कुराकानीका क्रममा जानकारी दिए ।

नन्दा पनि सामाजिक कर्ममा नै सक्रिय ब्यक्तित्व हुन् । गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनीहरु प्रेममा रहेको चर्चा सामाजिक संजालमा चलेपछि के उनीहरुले विबाह गर्दैछन् भन्ने प्रश्नलाई नन्दासँग विबाहको मिति तय भएपछि उनले आफ्ना शुभचिन्तकलाई उत्तर समेत दिइरहनु परेन ।

नन्दा केही वर्षदेखिको साथी भएको र मन मिलेकै कारण उनले विबाहको निर्णयमा पुगेको ओएस नेपाललाई जानकारी दिए । महानायक राजेश हमालले संचालन गरेको कार्यक्रम द पब्लिक स्पिकरको उपाधि चुमेपछि चर्चामा आएका अभियन्ता प्रसाई कल्पनासँग दोहोरी गाएपछि थप चर्चामा आएका हुन् ।

उनले हालै बजारमा ल्याएको रिंकीबुगंकोको राँगो बोलको गीत सर्वाधिक चर्चामा रहेको छ । उक्त गीतको भिडियो यो समाचार तयार पार्दासम्म ४० लाख बढीले हेरिसकेका छन् ।

यो पनि पढ्नुहोस्

दृष्टिले ठगिएकी नन्दा दर्जन बालबच्चालाई आँखा देखाउँदै

“आफैँ आँखा देख्दिन । मलाई प्रकृतिले ठगेको होइन, चुनेको हो जस्तो लाग्छ । बाल्यकालमा मलाई अरु साथीसँग खेल्न नदिएको र रोग सर्छ भन्दै आफन्तले छिःछि दुरदुर गरेको पीडा मनमा बिझिरहेको थियो । त्यही पीडाले मनमा केही न केही गरेर देखाउँछु भन्ने लागेको थियो । त्यही भएर अभिभावकविहीन यी साना बाबुनानीको सेवामा लागेकी हुँ ।”

उमेरले २४ वर्षमा मात्रै हुनुभएका कालीकोट डिल्लीकोटका नन्दा सिंह आफैँमा आँखा देख्नुहुन्न । उहाँको उमेर हेर्दा आफैँ विश्वविद्यालय पढ्ने अवस्थामा हुनुहुन्छ । शारीरिकरुपमा ठीक भए पनि बाहिरी दृष्टिले उहाँलाई ठगेको छ । आफँैलाई अरुको सहारा दिनुपर्ने अवस्था छ तर उहाँले आफूले ओठ निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई सहारा दिनुभएको छ । बूढानीलकण्ठ नगरपालिका– १३ बालुवाखानीको एक घरको छिँडीमा चार कोठा भाडमा लिएर कालीकोटकी सिंहले गरेको काम भने सामान्य मानिसले गर्नेभन्दा ठूलो छ । मनमा साहस छ । आँट छ । जीवनमा केही गरौँ भन्ने सदीक्षा पनि छ ।

“मैले आँखा नदेखेर के हो भो त रु मलाई प्रकृतिले यस्तै बनायो, म यसैमा खुशी छु”, नन्दाले भन्नुभयो । “अभिभावक नभएका यी कलिला बालबालिकालाई शिक्षादीक्षा दिन सकेँ भने त्यसले मलाई खुशी दिनेछ, किनकि मैले बाहिरी आँखा नदेखे पनि यी बाबुनानी भविश्यमा ठूला मान्छे भए भने मेरा लागि त्यो नै सबैभन्दा खुशीको विषय हुनेछ”, उहाँले भन्नुभयो । तीन वर्षको उमेर हुँदासम्म उहाँ आँखा देख्नुहुन्थ्यो । झाडापखालाले नराम्ररी सतायो । मरी भनेर घरकाले सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठीक्क पारेका थिए । राति म चलमलाएपछि यो त ज्यूँदै रहिछ भनेर आफू बाँचेको उहाँले बताउनुभयो । बाँचे पनि मेरो जीवनमा अन्धकार थपियो । झाडापखाला लाग्नुअघि आँखा देख्ने आफू त्यसपछि भने नदेख्ने भएँ । मेरो बाल्यकाल अन्धकारको रसातलमा भासियो । “बाल्यकाल अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो ।

Related Articles

Back to top button
Close