News

सरकारी कर्मचारीकी श्रीमती भन्छिन् :‘श्रीमानले मान्नु भएन, १७ बच्चा फालिसकेँ’

हेटौँडा । यो घटना अलि अगाडीको हो । अनिच्छुक ग,र्भ बसेका कारण १७ पटकसम्म ग,र्भप’तन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भप’तन गराएकी छन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, ‘१७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई र’गत बग्ने रोग निस्किएको छ । अब यही रोगले ज्या’न लिन्छ जस्तो छ, निकै समस्या हुने गर्छ ।’ स्वास्थ्य समस्याले अस्पताल आएकी उनले आफ्नो अवस्थाका बारेमा सुनाइन् ।

यति पीडा सहेकी उहाँको अर्को अझै अर्को असह्य पीडा छ । उहाँका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै बस्दै आएको उहाँले सुनाउनुभयो । अझै दुःखको कुरा त यो छकि उहाँका श्रीमान् सरकारी कर्मचारी समेत हुन् । श्रीमान्ले हेरचाह नगरेपछि उहाँ अहिले माइती नेपालमा उजुरी गर्न पुग्नुभएको छ । ‘परिवार नियोजनको साधन प्रयोग गरौँ भनेर कैयौँपटक बिन्ती गर्दा पनि उहाँले मान्नुभएन ’ उनले भनिन्, ‘आज मेरो शरीरको यो अवस्था भयो । अब उहाँ नै साथमा हुनुहुन्न, अर्को श्रीमती ल्याएर अलग्गै बस्न थाल्नुभएको छ ।’

उहाँ उपचारका लागि हप्तैपिच्छेजस्तो अस्पताल जानुपर्छ । औषधि पनि धेरै खाइसक्नुभयो । तर र’गत बग्न रोकिएको छैन । सानै उमेरमा विवाह गरेकी उनलाई विवाहको २० वर्षपछि श्रीमान् छाडेको बताउनुहुन्छ । उमेर ढल्किँदै गर्दा शरीरमा रोग देखिन थालेपछि उनलाई बाँकी जीवनको बारेमा चिन्ता बढेको छ । हर्मनको गडबडीले शरीरमा देखिएका समस्या समाधान गर्न औषधि खाउन्जेल सन्चो हुने र औषधि खान छोडेपछि बल्झिने गरेको उनको भनाइ छ । श्रीमान् सरकारी कर्मचारी भए पनि शारी’रिक समस्याका कारण आफूलाई छाडेर अर्की श्रीमती ल्याएको उहाँको दुखेसो उनको छ ।

्समाजमा उनीजस्ता धेरै महिला छन् जो गर्भप’तनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गरेर समस्यामा परेका छन् । परिवार नियोजनाको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फाल्नका लागि जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाइ छ । नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी परिवार नियोजनको साधन सर्वसाधारणको पहुँचमा पु¥याएको भए पनि प्रयोग नगर्ने र बच्चा बसेपछि औषधि प्रयोग गर्ने र समस्या भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या बढ्दै गएको हेटौँडा अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक राघबेन्द्र ठाकुरले बताउँछन् । चिकित्सक ठाकुरका अनुसार ग,र्भप’तनपश्चात् अत्यधिक र’क्तश्रा’व भएर आउने बिरामी धेरै हुन्छन् । ‘पाठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झरिसकेको हुन्छ । कसैलाई तत्काल र’गत दिएर उपचार गर्छौं’ चिकित्सक ठाकुर भन्छन्, ‘यस्तो अवस्था आउने महिलाले बच्चा फाल्नका लागि जथाभावी औषधि प्रयोग गरेको पाइन्छ तर महिला त्यो अस्वीकार गर्छन् । हाम्रो ध्यान बिरामीको जवाफभन्दा पनि उनीहरुको स्वास्थ्य अवस्थामा जान्छ ।’

ठाकुरका अनुसार औषधिको प्रयोगले गर्भप’तन गराउनु सुरक्षित मानिए पनि १० साता नाघेपछि औषधि प्रयोग गर्नाले महिलाको स्वास्थ्यमा विभिन्न प्रकारका जटिलता निम्त्याउँछ । दश हप्ता नाघेको बच्चा औषधिले फाल्न समस्या हुने र केही टुक्रा ग;र्भाशयमा नै बस्नाले समस्या आउने उनको भनाई । अस्पतालमा आउने धेरैजसोले परिवार नियोजनको साधन प्रयोग नगरेको पाइएको उहाँको भनाइ छ ।

सरकारले नै सुरक्षित ग,र्भप’तन गराउँदै आएको भए पनि समाजमा हुने मान्यता, चेतनाको कमी, क,र,णी तथा अन्य आपरा’धिक घटनाले गर्दा महिलालाई असुरक्षित ग,र्भप’तन गराउन बाध्य बनाएको देखिन्छ । यसको अर्को उदाहरण हुन् हेटौँडा अस्पतालमा ६ महिनाको ग’र्भ फाल्न पुगेकी १७ वर्षीया एक किशोरी । नाम बताउन नचाहने उनले आफ्नो पेटमा बच्चा रहेको भर्खर थाहा पाइन्। ‘साथीलाई घर पु¥याएर फर्कंदा बाटोमा देखेर घर नजिकैको दाइले आफ्नो घर बोलाउनुभयो र मैले नाई नाईभन्दा पनि जान बाध्य भएँ र कर,णी,मा परेँ’ उनले रुँदै भनिन, ‘महिनावारी रोकिएको धेरै भएकाले ममी हस्पिटल आउँदासँगै ल्याउनुभयो । जचाउँदा त बच्चा रहेछ ।’ उनी अहिले हेटौँडा अस्पतालले सञ्चालन गरेको एकद्वार संकट व्यवस्थापन केन्द्रको निगरानीमा छिन् । उनी नाबालिक रहेको र ज’ब’र्ज’स्ती क’र’णी’बाट ग’र्भ रहेकाले ग’र्भप’तन गराउन लागेको एकद्वार संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै गरिबीका कारणले हेटौँडा–८ की अर्की १४ वर्षीया किशोरी पनि माइती नेपाल हेटौँडा कार्यालयको सहयोगमा ग’र्भप’तन गराएकी छन् । उनले १४ वर्ष नपुग्दै १९ वर्षीय युवकसँग भागी विवाह गरेकी हुन्। ग’र्भ बसेपछि श्रीमानले छाडेर भागेको उनले सुनाइन । सार्वजनिक यातायातका ती सहचालकले पुनः अर्की १७ वर्षकी किशारीसँग विवाह गरेपछि न्याय खोज्दै माइती नेपालको सम्पर्कमा आएकी उनलाई बल्ल आफ्नो बालविवाह भएको थाहा भयो । त्यसपछि उनका सामु पनि गर्भ’प’तनबाहेकको अर्को उपाय थिएन ।

मकवानपुरको सेवाप्रदायक संस्था सुनौलो भविष्यकी ग’र्भप’तनसम्बन्धी परामर्शदाता कल्पना शर्माले भनिन् ‘आफूलाई श’ङ्का लागेर मेडिकलबाट औषधि खान्छन्, मेडिकलले पिसाब जाँच गर्छ पोजेटिभ देखेपछि औषधि दिन्छ तर कति समयको हो भन्ने जानकारी नै राख्दैन ।’ सरकारले औषधिमार्फत १० सातासम्मको ग’र्भप’तन सुरक्षित भएको बताए पनि १५ साता नागिसकेको गर्भव’तीले औषधि पसलबाट जथाभावी औषधि सेवन गर्नाले चुनौती थपिएको शर्माको भनाइ छ । जनता समाचार बाट साभार

Related Articles

Back to top button
Close