News

चर्चित वक्ता रमेश प्रसाईले काँकरभिट्टाकै घरमा बेहुली भित्राउने

झापा, चर्चित वक्ता तथा गायक रमेश प्रसाईले मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्राउँदै छन् ।आज उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भइरहेको छ ।आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए ।बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन् ।धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा छ भन्ने धेरैलाई थाहा पनि छैन ।काँकरभिट्टाको भानुटोलमा दसानो घडेरीमा उनको दुईतले घर छ । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् ।उनी भने धरानमै बस्दथे । धरानमा विहे हुने भएपछि धेरैले वरियात धरानबाटै आउलान् र बेहुलीसमेत धरानमै भित्राउने होला भन्ठानेका थिए ।
तर उनले आफ्नै घरबाट जन्ती लैजाने र बेहुली भित्राउने इच्छा गरेका थिए ।जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ ।जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो ।अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको जानकारी प्राप्त भएको छ । धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ ।वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेका थिए ।

Related Articles

Back to top button
Close