News

कुनै देशले प्रवेश नदिएपछि २ महिनासम्म ३८२ जना समुद्रमै, भोकले ३० जनाको मृ’त्यु

ढाका। बंगलादेशको कोस्टगार्डको टिमले समुद्रमा एउटा ठूलो डुंगामा रहेका ३८२ जना भो’का रोहिंग्या श’रणार्थीहरुलाई उ’द्धार गरेको छ । यी रोहिंग्या मुसलमानहरु विगत २ महिनादेखि समुद्रमै तैरिरहेका थिए । बंगलादेशका प्रवक्ता शाह जिया रहमानका अनुसार एक गश्ती दलले ३ दिनसम्म खोजी अभियान चलाएर यी रोहिंग्याको उ’द्धार गरेको हो ।

समाचार एजेन्सी एपीका अनुसार खोजी अभियानका क्रममा ठूलो संख्यामा रोहिंग्या सवार भएको एउटा डुंगा समुद्रमा भेटिएको थियो । यो डुंगालाई बंगलादेशको तकनाफको समुद्र किनारमा ल्याइयो । डुंगामा रहेका सबै रोहिंग्या भो’का थिए । डुंगामै ३० जनाको मृ’त्यु भइसकेको थियो। रहमानका अनुसार यो डुंगा ५८ दिनदेखि समुद्रमै थियो । विगत १ हप्तादेखि यो डुंगा बंगलादेशको जलक्षेत्रमा थियो ।

एक स्थानीय संवाददाताले डुंगाको फोटो पोस्ट गरेका थिए । फोटोमा अधिकांश महिला र बालबालिकाको भी’ड देखिन्छ । डुंगामा मानिसहरु निकै क’ठिनाइका साथ उभिन सकिरहेका थिए । ढाकाको एक अखबारका अनुसार यी रोहिंग्याहरु बंगलादेशको शरणार्थी शिविरका थिए । उनीहरु मलेसिया जानका लागि हिँडेका थिए तर को’रोनाभा’इरसका कारण भएको लकडाउनपछि उनीहरुले त्यहाँ प्रवेश गर्न पाएनन् ।

उनीहरुलाई कुनै पनि देशले प्रवेश नदिएपछि उनीहरु बंगलादेश फर्किएका थिए । अधिकारीहरुका अनुसार उनीहरुलाई श’रणार्थी शि’विरमा छुट्टै राखिएको छ । उनीहरु को’रोना सं’क्रमित हुन सक्ने आ’शंका गरिएको छ । म्यानमारबाट भागेर आएका १० लाख रोहिंग्या बंगलादेशको श’रणार्थी शि’विरमा छन् । कामको अवसर, शिक्षा आदिका लागि यी शरणार्थीहरु मलेसिया, थाइल्याण्ड जाने प्रयास गरिरहन्छन् ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

Related Articles

Back to top button
Close