News

कतारमा रहेका नेपाली लाई खुसिको खबर आयो ! [ सक्दो शेयर गरौ ]

दोहा : कतार सरकारले को’रोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा क’टाउन नपाउने भएको छ । को’रोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न र काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने क’टौती गर्न नपाइने निर्णय गरेको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।

काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन कतारको सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ । क्वारेण्टीनमा परेका र स’ङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बि’रामी बिदा उवलब्ध भए पनि, नभए पनि तलब सुविधा पाउनेछन् ।

तर अहिलेको करार सम्झौताको आधारमा कतारको का’नुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता र’द्द गर्न सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्ने नियम छ । सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताको खर्चमा कामदार आफ्नो देशमा फर्कने प्रकृया पूरा नहोउन्जेलसम्म खानेबस्ने सुविधा कम्पनीले उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

कुनै कम्पनीले मन्त्रालयको निर्देशन उ’ल्लङ्घन गरेको पाइएमा कतारको का’नुनअनुसार का’रवाही अगाडि बढाइने जानकारी आएको दूताबासले जनाएको छ । कतारमा भा’इरस सं’क्रमितको संख्या ४ हजार १ सय ३ जना पुगेको छ । अहिले सम्म ७ जनाको मृ’त्यू भएको छ भने ३७ जनाको अवस्था ग’म्भीर रहेका छन् । अहिलेसम्म ४ सय १५ जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ५६ हजार ३ सय ८१ जनाको स्वास्थ्य जाँच गरिएको छ । पुर्बेली न्युजबाट

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button
Close