News

पैसा सकिए पनि इन्टरनेट नकाट्न प्राधिकरणको निर्देशन

५ वैशाख, काठमाडाैँ – नेपाल दूरसञ्चार प्राधिकरणले शुल्क तिर्न नसक्ने ग्राहकहरूको इन्टरनेट नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले आज सुचना जारी गर्दै लकडाउनको अवधिमा इन्टरनेट शुल्क तिर्न असमर्थ ग्राहकको इन्टरनेट सेवा बन्द नगर्न निर्देशन दिएको हो ।

प्राधिकरणले सुचना जारी गर्दै बन्दाबन्दीको अवस्थामा इन्टरनेट सेवा अवरूद्ध हुँदा सेवाग्राहीमा नकारात्मक असर पर्न जाने सम्भावना हुने भएकाले अहिले इन्टरनेट अबरूद्ध नगर्न र लकडाउनको अवधि सकिएपछि विलम्ब शुल्क सहित शुल्क लिन अनुरोध गरेको छ ।

यसका साथै प्राधिकरणले सकेसम्म अनलाइन मार्फत सेवा शुल्क लिने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close