News

मजदुरहरुलाई घरजान चाहनेहरुलाई घरसम्म जाने ब्याबस्था मिलाउ-उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लकडाउनका कारण पीडित भएका गरिब श्रमिक, विद्यार्थी, सानातिना व्यवसाय गरी डेरामा बस्नेहरु, घरेलु कामदार लगायतमध्ये घर जान चाहनेलाई घर जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

गरिब श्रमिक, विद्यार्थी, सानातिना व्यवसाय गरी डेरामा बस्नेहरु, घरेलु कामदार लगायत मानिसहरु लकडाउनले गर्दा दैनिक जिविका चलाउन नसकेर काठमाडौं तथा विभिन्न शहरहरु छाडी आफ्नो घरतर्फ जान लागेका निरिह जनतालाई सरकारले उचित व्यवस्थापनमा गर्नमा सरकार असफल रहेको अध्यक्ष दावीले आरोप लगाएका छन् ।

उनले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सर्वहारा र श्रमिक वर्गका नाममा नेपालका कम्युनिस्ट सरकार र यसका शासकवर्गले यस कार्यलार्य गम्भीरता पूर्वक नलिनु जनताको अनादर र अपमान गर्नु हो भनि उल्लेख गरेका छन् ।

यस्ता पीडत, कस्ट र असमर्थताको अवस्थामा सरकारले उनीहरुका लागि तत्कालै बस्ने खाने, औषधी आदि व्यवस्था गर्नुपर्ने, घर जान चाहन वा पैदा यात्रा गर्दै बाटोमा विच्चलीमा परेकालाई सरकारले उद्धार गरी गृह जिल्ला वा गन्तव्यसम्म जानका लागि आवश्य व्यवस्था यथाशिघ्र व्यवस्था गर्न उनले माग गरेका छन् ।

उनले भनेका छन्, ‘लगभग ६० लाख नेपालका नागरिकहरु विदेश (भारत बाहेक) मा काम गरी रहेका छन्, उनीहरुले नै पठाएको रेमिट्यान्स अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेको छ । कुल बजेटको लगभग २३ प्रतिशत भाग रेमिट्यान्सले नै ओगटेको छ तर विदेशमा रहेका नेपालीहरु अलिे भारत, मलेसिया, कतार, कोरिया, साउदी, अबर लगायका मुलुकहरुमा विचल्लीमा परी आफ्नै मातृभूमीमा आउन चाहेका छन् तर सरकारले कुनै चासो नलिई बेवास्ता गरिरहेको छ, जुन दुख र गैरजिम्मेवार काम पनि हो । नेपाल सरकारले उनीहरुलाई आफ्नै मुलुकमा ल्याउने काम चाँडै गरोस् ।’

Related Articles

Back to top button
Close