News

लकडाउन पालनामा थप कडाइ गर्दै काठमाण्डौ महानगरपालिका

काठमाण्डौ – नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाण्डौ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ ।भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा लकडाउन गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार नगरिकले अटरे गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित सञ्चालन गरिरहेको छ । यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको हो ।

भनेको भन्दा बढी समय बिहान बेलुका हाट बजार सञ्चालन गरेझैँ विभिन्न खाद्य पसल र तरकारी बजारमा भीड हुँदा घरघरमा कोरोना भाइरस जाने सम्भावना बढेको भन्दै महानगरले चिन्ता व्यक्त गरेको छ । पसलमा हुने भीड कम गर्नकै लागि महानगरले विभिन्न ११ स्थानमा तरकारी पसल सञ्चालनको अनुमति दिएको छ भने खाद्य सामग्रीका पसललाई पनि बिहान ८ बजेसम्म खोल्न भनेको छ ।

लकडाउनको शुरुको समयमा नै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कुनै पनि नागरिकलाई घरमा नै रहन आग्रह गर्दै उक्त समयमा कुनै किसिमको समस्या आइपरेका सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न भन्दै सबै जनप्रतिनिधिको मोबाइल नम्बर सार्वजनिक गर्नुभएको थियो ।

महानगरको बाहिरी क्षेत्रमा लकडाउनको राम्रोसँग पालन भए पनि भित्री क्षेत्र मखन टोल, इन्द्र चोक, असन, दमाइटोल, क्षेत्रपाटी, शोभा भगवतीलगायतका स्थानमा नागरिकले लकडाउनको उल्लङ्घन गरिरहेको जनाइएको छ । यी स्थानमा नै अब कडा निगरानी गर्ने तयारी गरिएको छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button
Close