News

बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति- विश्वभर खैलाबैला-वैज्ञानिकहरु चकित

एजेन्सी– चीनको एक मिडिया रिपोर्टमा आएको समाचारले अहिले विश्वलाई छक्क पारिदिएको छ । चिनियाँ शोधकर्ताहरुले पहिलो पटक प्रयोगशालामा सुँगुर र बाँदरको हाइब्रिडलाई जन्म दिएका हुन् ।

द मिररमा आएको रिपोर्टका अनुसार सुँगुरका दुई बच्चामा बाँदरको मुटु, शरीर र छाला छ । यी सुँगुरका बच्चा प्रयोगशालामा जन्माइएका थिए । तर, उनीहरु लामो समय बाचेनन्, एक सातामा नै म रे । वैज्ञानिकका अनुसार उनीहरुको मृ त्यु आइभीएफ प्रक्रियामा कुनै प्रकारको समस्याका कारण भएको हुनसक्छ । द न्यु साइन्टिस्ट पत्रिकामा छापिएको रिपोर्टअनुसार यो विश्वमा पहिलो पटक गरिएको प्रयोग हो ।

स्मरण रहोस्, यो प्रयोग स्पेनिश वैज्ञानिक युआन कार्लोस इजिपिसुआ बेलमोन्टेले दुई वर्ष अघि गरेको प्रयासलाई अनुसरण गर्दै गरिएको हो । द न्यू साइन्टिस्ट पत्रिकाको रिपोर्टमा बताइए अनुसार तांग हाइ र उनको समूहले जुआन कार्लोसको सोचलाई अघि बढाएका हुन् र आनुवंशिक रुपमा संशोधित बाँदर कोसिकालाई ४ हजारभन्दा बढी सुँगुरको भ्रुणभित्र हालिएको थियो ।

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

Related Articles

Back to top button
Close