News

“ सरकार न सुन्छ न देख्छ”

कोरोना भाइरसको महामारीका कारण नेपालमा सरकारले लकडाउन जारी गरेको छ । नेपालको लकडाउन तेस्रो सातामा चल्दैछ । यो साता देखिएका केही कारूणिक दृश्यले धेरैको मन छियाछिया पनि भएको छ।यो समस्या नेपालमा मात्र हैन सारा विश्वनै यसको चपेटामा छ । मानव जातिको लागि यो भन्दा बिकराल संकट अरु के होला र अब ? अहिलेको संसार आतंक र त्रासको जालोमा रुमलिरहेको छ।

व्यापार, व्यवसाय,अस्तब्यस्त छन्। दैनिक मजदूरी गर्ने श्रमिकहरू जो घर छाडेर टाढिएका छन् । बिदेशिएकाहरुको सबैका आ-आफ्ना कथा ब्यथा छन् । भोको पेटले सरकारी आदेश कसरी पालना गर्न सक्छ ।लकडाउनको बेला यो मान्छेको घर फर्कने लर्को देख्दा लाग्छ । आखिर आपत बिपतमा बिदेश भन्दा स्वदेश नै प्यारो अनि राजधानी भन्दा गाउँघर नै प्यारो हुँदोरहेछ।

देशको राजधानीमा बसेका श्रमिकहरु भोकै मर्नु भन्दा बरु कोरोनाले नै मरियोस भन्दै अति कष्टपुर्ण पैदल यात्रा गर्दै राज्यलाई सराप्दै परिवार भेट्न आफ्नो गाउँघर फर्कनेको अवस्था देख्दा दुख लाग्दो छ । दैनिक मज़दूरी गर्ने श्रमिकहरु बालबच्चा च्यापेर ३००/४०० किमीको यात्रा गर्दै विभिन्न ठाउँमा बेखर्ची भइ खान र घर जान समस्यामा परेकाहरुको पीडा र बेदना भनिसाध्य छैन ।

मजदुरहरु भोकभोकै हजारौं किलोमिटर दुरी पैदल हिडिरहेका छन् । मजदुरहरू थकानको निद्राले भोकभोकै बाटोमै सडकपेटीमा जंगलमै रात बिताएका छन्। कोही काँधमा बच्चा, हातमा पोका बोकेर राजधानी देखि दुरका जिल्ला बैतडी ताप्लेजुङ जस्ता जिल्ला हिँडेका छन्।सोलुखुम्बु देखि कैलाली कञ्चनपुर दोलखा देखि झापा गोरखा देखि सुदुर यात्रा गरेका दृश्यहरू छताछुल्ल छन्। आखिरी जुनै तन्त्र आएपनि गरीब र मजदुर नै मर्ने रहेछन् ।

सरकारमा हुनेहरू गरीब मजदुर किसानकै नाम लिएर उनीहरुलाई भर्याङ बनाउदै गए । तर आज उनीहरुको बिचल्ली देख्दा शाशकहरूको एकरत्ति मन दुखेन । आज जुन ठाउँमा छौ त्यो ठाउँमा पुग्न कुन वर्गलाई सपना बेच्यौ ख्याल छ कमरेडहरू ? के ति निमुखा जनताहरुको सरकार हैन ? नजिकका आसेपासे र कार्यकर्ता मात्र हुन र जनतारु मान्छे बर्तमानमा बॉच्न चाहन्छ बर्तमानमा रम्न चाहन्छ ।

यो समयमा खोक्रो राष्ट्रबाद र सम्बृद्धिको नारा आवश्यक छैन्। न वामपन्थी सरकार बोल्छ, न कम्युनिष्ट पार्टी बोल्छ न प्रदेश सरकारको बोली नै फुट्छ। न त प्रतिपक्ष जनताको आवाज उठाउन सक्छ ।

गाडी बन्द, पसल बन्द सबै सुनसान तर आफ्नो घरको ऑगन पछ्याउँदै हिडेका यी नागरिकको यस्तो बिजोग टुलुटुल हेर्न सक्ने कठोर मुटु रहेछ अहिलेका सत्ताधारीहरूको ।मजदुरहरु बाटोमा अलपत्र परेर भोकभोकै छन्। यो सरकारका मुख्य जिम्मेवारहरुले समाचार नै हेर्दैनन् या पढ्दैनन् कि क्या हो ? अन्यथा अलिअलि दयामाया त पलाउनु पर्ने हैन र ? ती विपन्न मजदुरको पक्षमा वकालत गर्न मजदुर हकहितका लागि खोलिएका मजदुर संगठनका नेताहरु कता गाएब भए ?

तीन तहका सरकार भएर पनि अभिभावक बिहिन भैरहेका छन मजदुरहरु र बेसहाराहरू । यो मजदुरको नाममा बनेको कम्युनिस्ट पार्टीको दुइतिहाइको सरकार हो भन्न पनि लाज लागिसक्यो। ए क्रूर र मानवता हराएको सरकार लामो यात्रा तय गरि हिडेका मानिसहरुको चाडो भन्दा चाडो उद्दार गरि उनीहरूलाई गन्तब्यमा पर्‍याइयोस ।मुखदर्शक भएर बस्ने अब पनि ? जब सम्म श्रम र श्रमिक को सम्मान हुँदैन तब सम्म देश बिकासको कल्पना नगर्दा राम्रो हुन्छ । मानवता मरेर हामी बॉच्नुको कुनै अर्थ छैन् ।

महंगा सोफामा बसेर लकडाउन भन्दिदैमा देश र जनताप्रतिको दायित्व निर्वाह हुदैन। बिचरा ती गरिव मजदुरहरु बैशाखको धूपमा भोक भोकै सयौं माइलको पैदल यात्रा कसरी पार गरिरका होलान् एकचोटी खुल्ला दिमागले सोच्नुस त कमरेडहरू १ दुस्ख आपत परेको बेला मलाई मेरो देशले हेरेन भने मलाई राज्य किन चाहियो ? यस्तो कुरा नागरिकको मनमा पलायो भने तपाईहरु कसको नेता, मन्त्री र प्रधानमन्त्री भएर विराजमान हुनुहुन्छ हेक्का राख्नुहोस् ।

कोरोना कोषमा पैसा मात्र जम्मा गर्ने हो या यस्ता गरीबहरुको उद्दारमा पनि खर्च गर्ने हो रु जवाफ देउ सरकार ? किन मौन सरकार ? उठ सरकार उठ निद्राबाट ब्यूँझी नत्र यिनका ऑशुले पोल्ने छ। चिर निद्रामा सुतेका पापी शासकहरुलाई ती मजदुरहरुको आँसु नलागोस् ।

Related Articles

Back to top button
Close