News

सवारी साधनलाई स्यानिटाइज गरेर मात्रै भक्तपुर प्रवेशको अनुमति

भक्तपुर , ६ बैशाख । भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई जिल्लाको पूर्व र पश्चिम नाकाहरुमा स्यानिटाइज गरेर मात्रै भक्तपुर जिल्ला प्रवेश गर्न अनुमति दिन थालिएको छ ।कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी नेपाल रेडक्रस भक्तपुरले जिल्ला प्रवेश गर्ने अत्यावश्यक सवारी साधनहरुलाई सोडियम हाइड्रोक्लोराइले स्यानिटाइज गरेर जिल्ला प्रवेश गर्न दिएको हो ।

काठमाडौंबाट भक्तपुर हुँदै पूर्व जानेलाई मनहरा पुलमा र पूर्वबाट भक्तपुर हुँदै काठमाडौं छिर्ने सबै सवारी साधनलाई साँगा भन्ज्याङमा स्यानिटाइज गरेर मात्रै भक्तपुर जिल्ला प्रवेश गर्न दिइएको छ ।भक्तपुरका चारवटै नगरपालिकासहितको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकको निर्णय पछि बैशाख ४ गतेवाट विहान ८ बजेदेखि साँझ ५ वजे सम्म सावारी साधनमा निर्मलीकरण सुरु गरेको हो ।

अहिले भक्तपुर प्रवेश गर्ने जडिबुटी मनहरा पुल र साँगामा गरी दुई नाकामा रेडक्रसले सवारी साधनहरुमा सुक्ष्म किटनाषक औषधि छरेर निर्मलीकरण गरेपछि मात्रै सवारी साधन प्रवेश गरिरहेको जिल्ला रेडक्रस भक्तपुरले जनाएको छ । सवारी साधनको निर्मलीकरणले पनि कोरोना भाईरसको जोखिम कम हुने रेडक्रसले जनाएको छ ।यो नाका हुँदै खाद्यान्न, अतिआवश्यक बस्तुहरु ,स्वास्थ्य सेवा लगायत पास भएका दैनिक एक हजार सवारी साधनहरु भक्तपुर जिल्ला भएर आवत जावत गर्ने गरेको भक्तपुर प्रहरीको भनाइ छ ।

Related Articles

Back to top button
Close