News

आयो सारा नेपाली हरुका लागी। खुसी को खबर आज ३ जना। कोरोना भाइरसद्वारा संक्रमित निको भए ( सक्दो सेयर गरौ।

काठमाडौं, ६ बैशाख । फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ्य भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगले डिस्चार्ज गरेको छ गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ बर्षीया यी युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत: क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचार गराएकी यिनी नेपाल आएपछि संक्रमण भएको पत्तो लाग्नासाथ नै सरकारले

अन्तर्राष्ट्रिय उडान नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।संक्रमितमध्ये उपचारपछिनिको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम
स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् बागलुङ- धौलागिरी अस्पताल बागलुङमा कोरोनाको उपराचर गराइरहेकी ६५ वर्षिय महिलाका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माका अनुसार बिहीबार र आजको रिपोर्ट नेगेटिभ आएको हो।यस अघिको तेस्रो रिपोर्ट नेगेटिभ
आएपछि शुक्रबार स्वाव पठाएर शनिबार दिउँसो भएको परीक्षणमा उनको चौथो रिपोर्ट पनि नेगेटिभ आएको हो। लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारीमा रहेका जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। उच्च रक्तचाप र दमको रोगी भए पनि उनले अन्य स्वास्थ्य समस्या देखिएको थिएन। चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर कतार एयरको क्यूआर ६५२ फ्लाइटबाट नेपाल आएकी थिईन्। उनीसंगै आएकी बानपा—४ कुँडुलेकी १९ वर्षीया युवतीमा भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ।संक्रमित अर्की एक युवतिको धौलागिरी

अञ्चल अस्पतालमा उपचार भइरहेको छ।सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढीस्थित लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ।कोरोनाभाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको सेतोपाटीलाई बताए। रिपोर्ट नेगेटिभ आए पनि उनी तत्काल डिस्चार्ज हुने छैनन्।N ‘२४ घण्टाभित्र अर्को पनि नेगेटिभ रिपोर्ट आयो भने मात्रै हामी उहाँलाई डिस्चार्ज गर्छौं,’ जोशीले भने।सुदूरपश्चिम प्रदेशका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो। चार जनाको पछिल्लो रिपोर्ट भने पोजेटिभ नै आएको अस्पतालले जानकारी दिएको छ। धनगढी उपमहानगर वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६० वर्षीय महिलाको तेस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो।

Related Articles

Back to top button
Close