News

कोरोना अपडेट : कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपाल क्रमिक रुपमा फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा ३१ जना संक्रमित पुगेका छन् ।शनिवारसम्म नेपालको पाँच प्रदेशमा कोरोना संक्रमित पुष्टि भइसकेका छन् । अहिलेसम्म नेपालमा ३१ जना कोरोना संक्रमित देखा परेका छन् ।शुक्रवार उदयपुरमा १२ र चितवनामा २ जना कोरोना संक्रमित देखिएका थिए भने शनिवार सुनसरीमा १ जना र यसअघि पुष्टि भइसकेका १६ जनासहित नेपालमा ३१ जना कोरोना संक्रमित देखा परेका छन् । सुनसरीमा शनिवार कोरोना पुष्टि भएका व्यक्तिपनि १२ जना संक्रमित रहेका मस्जिदमा रहेका थिए ।

जसमा दुई जना निको भएर घर गइसकेका थिए भने बाग्लुङकी एक वृद्धाको पनि पछिल्लो पटक कोरोना परिक्षणमा नेगेटिभ देखिएको छ । तर पछिल्लो कोरोना संक्रमणको अवस्था हेर्दा प्रदेश १ र प्रदेश २ मा अझ बढी जोखिम देखिएको छ ।जोखिम यो कारणले पनि छ कि, उदयपुर र विरगञ्जमा पछिल्लो समय कोरोना संक्रमण देखिएकाहरु मस्जिदमा लुकिरहेको अवस्थामा प्रहरीले स्वाब परीक्षण गरी घटना बाहिर आएको हो ।

अहिलेसम्म प्रदेशको आधारमा प्रदेश नम्बर १ , प्रदेश नम्बर २, प्रदेश नम्बर ३ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखा परेका छन् । जसमा प्रदेश १ मा १३ जना (उदयपुर १३) , प्रदेश २ मा ४ जना (विरगञ्ज ३, रौतहट १ ) , प्रदेश ३ मा ७ जना (काठमाडौ ५, चितवन २ ), गण्डकी प्रदेश २ जना (बागलुङ ) र सुदुरपश्चिम प्रदेशमा ५ जना ( कैलाली ४ , कञ्चनपुर १ ) गरी अहिले नेपालमा ३१ जना कोरोना संक्रमित देखिएका छन् । यस्तै कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा भने अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।

संक्रमित गोपनियता राख्ने भन्दै सरकारले संक्रमित रहेको जिल्ला र उनीहरुको उमेर समूहबाहेक थप विवरण सार्वजनिक गरेको छैन ।अझ प्रदेश १ र २ मा फेला परेका अधिकांश कोरोना संक्रमित भारतीय भनिएको छ तर सरकारले आधिकारिक रुपमा भनेको छैन । नेपालमा रहेका अधिकांश कोरोना संक्रमित विदेशबाट आएका हुन् तर सुदूरपश्चिम प्रदेशमा भने एकजना संक्रमित भने आफन्तबाट कारोना संक्रमण भएको पाइएको छ ।शुक्रवार एकै पटक १२ र शनिवार थप १ सहित १३ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ ।

संख्याको आधारमा काठमाडौं दोस्रो स्थानमा पुगेको छ । कैलालीमा ४ जना संक्रमित छन् । त्यसपछि पर्सामा ३ जना , बाग्लुङमा २ जना छन् । शुक्रवार नै चितवनमा २ जना संक्रमित फेला परेका छन् । रौतहट र कञ्चनपुरमा एक एक जना संक्रमित फेला परेका छन्।प्रदेशको आधारमा प्रदेश नम्बर १ सबैभन्दा जोखिममा देखिएको छ । प्रदेश नम्बर २, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ३ मा समेत कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन् । कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।

Related Articles

Back to top button
Close