Intresting

संसारका बैज्ञानिक समेत चकित भएको धार्मिक र’हस्य

विश्वका हरेक ठाउँको आ–आफ्नै विशेषता र सुन्दरता हुन्छ। यस्ता स्थानमा इन्डोनेसियाको आइल्यान्ड, बाली पनि पर्छ। स्वच्छ, सफा, कलरफुल कल्चर र चारैतिर फैलिएको हरियालीले यस स्थानको सुन्दरता झनै बढाएको छ। यहाँ होटलदेखि रेष्टुरेन्ट, स्पा, एडभेन्चर एक्टिभिटिज लगायतको सुविधा रहेको छ। तर, यो बाहेक अर्को रोचक दृश्यका कारण यहाँ दुनियाँ भरीका पर्यटकहरूको ओइरो लाग्ने गर्छ, त्यो हो समुन्द्रमुनिको मन्दिर।

हुन त बालीमा धेरै मन्दिरहरू छन् तर यो मन्दिर बिल्कुल फरक छ। बालीको पेमुतेरान तटको बीचमा समुन्द्रदेखि ९० फिट तल रहेको यो मन्दिर आज पनि कौतुहलताको केन्द्र बनेको छ। इन्डोनेसियास्थित बालीको यो मन्दिर निकै पुरानो हो।

हुन त यो मन्दिर भगवान शिवप्रति समर्पित छ तर यसमा विष्णुको मुर्ती पनि छ, जुन लगभग ५००० वर्ष पुरानो हो। मानिसहरू स्विमिङ्ग मार्फत् उक्त मन्दिर अवलोकन गर्न जाने गर्छन्। समुन्द्रमुनिको यो मन्दिर हेर्दा खण्डहर जस्तो देखिन्छ। मानिसहरू यसलाई द्वा’रिका नगरी मान्छन्।

किनकी द्वारिका नगरी समुन्द्र तटको किनारमा बसेको थियो र केही समयपछि समुन्द्रमै विलिन भएको थियो। भगवान विष्णु र शिव बाहेक यहाँ अझै धेरै मुर्तिहरू रहेका छन्। यसले पुरानो समयमा हुने पूजापाठलाई दर्शाउँछ। हिन्दू देवी देवताको साथमा यहाँ भगवान बुद्धको पनि मुर्ती रहेको छ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

भगवान् शिवले ब्रह्माको पुत्रका रूपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव बाहेक अरू कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटोबाट कमलको डाठमा भगवान् ब्रह्मा प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए ।

तर, ब्रह्माले उनलाई चिन्न अस्वीकार गरे। तब विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए । त्यस पश्चात् भगवान् ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै भगवान् शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रूपमा जन्म लिने आशीर्वाद माग्न थाले ।

जब भगवान् ब्रह्माले सृष्टिको रचना आरम्भ गर्न थाले तब उनलाई एक बच्चाको आवश्यक पर्‍यो तब उनले भगवान् शिवले दिएको आशीर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रूपमा आफ्नो काखमा पाए ।

Related Articles

Back to top button
Close