News

संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ ।

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए । संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ ।

अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको संक्रमण देखिने नेपालीको संख्या नौ पुगेको छ

Related Articles

Back to top button
Close