News

लकडाउनका कारण केहि खान नपाएपछि गर्भवती महिलाको मृ.त्यु

काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसको कारण आर्थिक संकट बढ्दै गएको छ । पाकिस्तानमा खानका लागि केहि नपाएका कारण मानिसहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसैबीच भोकका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । कोरोना भाइरसको प्रकोप रोक्नका लागि सरकारले लगाएको लकडाउनका कारण पाकिस्तानमा एक गर्भवती महिलाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सिन्ध प्रान्तको मीरपुर खास जिल्लामा उक्त घटना भएको बताइएको छ । एक्सप्रेस न्युजमा प्रकाशित रिपोर्टका अनुसार मीशपुर खा जिल्लाको शहर झडोमा एक ४५ वर्षीया गर्भवती महिलाको खानेकुरा खान नपाएपछि मृ,त्यु भएको बताईएको छ ।

रुबिना नामकी ति महिलाका श्रीमान अल्लाबख्सले लकडाउनका कारण आफूसँग केहि काम नभएको र त्यसलाई लिएर श्रीमती चिन्तित बन्दै आएको बताएका थिए ।

खान नपाएका कारण श्रीमतीको मृत्यु भएको बताउँदै उनले भने, ‘६ छोराछोरी र आफूलाई कतैबाट राहत नपाएको आएन, गर्भावस्थामा यसै त गाह्रो हुन्छ, झनै खान नपाउँदा के होला ? केहि खान नपाएपछि गर्भवती श्रीमतीको मृ,त्यु भयो ।’

आफूसँग श्रीमतीको अन्तिम संस्कार गर्ने समेत पैसा नभएको बताउँदै उनले छिमेकीसँग पैसा मागेर श्रीमतीको अन्तिम संस्कार गरेको बताए ।

यो समाचार तयार पार्दासम्म पाकिस्तानमा कोरोना भाइरसको महामारीक कारण १६८ जनाको मृत्यु भएको छ भने ८ हजार ३४८ जनालाई संक्रमण भएको छ।

Related Articles

Back to top button
Close