News

आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं २०७७ वैशाख ०७ गते। प्रधानमन्त्री केपी ओलीले आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने दाबी गरेका छन् । आफू बिरामी अवस्थामा पनि देश र जनताको लागि १८ घण्टा खटेको उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

संसारमा दुईपटक सम्म मिर्गौला प्रत्यारोपण गरेर शासन सत्ता चलाउने कोही व्यक्ति नभएको भन्दै उनले आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्दा फरक नपर्ने बताए । शनिबार सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएको खबर छ ।

Related Articles

Back to top button
Close