News

कोरोनाको उपचारमा सहयोग मिल्ने ६ औषधि बनाएको वैज्ञानिकहरुको दावी

काठमाडौं – हालसालै गरिएका परीक्षण सफल भएमा कोरोना भाइरसको औषधि वा खोप प्रयोगमा आउन एकदेखि डेढ वर्षसम्म लाग्ने डब्ल्युएचओले बताइरहँदा केही वैज्ञानिहरुले भने कोरोनाको सभ्भावित औषधि बनाएको दावी गरेका छन् जर्नल नेचरका अनुसार वैज्ञानिकहरुले कोरोना भाइरसकाविरुद्ध लड्न सहयोग पुर्‍याउने ६ वटा औषधि बनाएका हुन् ।

अष्ट्रेलियामा क्विन्सल्याण्ड विश्वविद्यालयका प्रोफेसर ल्यूक गुड्डतका अनुसार अहिलेको महामारीको समयमा कोरोना भाइरसकै औषधि नबने पनि अहिले वनाइएको दावी गरिएको औषधिले केहि न केही काम गर्नेछ ।

यो औषधि निर्माणमा कोरोना भाइरस ‘एन्जाइम’लाई विशेष ध्यान दिइएको छ । जसलाई ‘प्रोटिज’ वा ‘मेप्रो’ भन्निछ ।

यी ६ औषधिहरुको परीक्षणसमेत सफल भएकाले यसले भाइरसलाई रोक्न केहि हदसम्म सफल भएको उनीहरुले दावी गरेका छन् ।

Related Articles

Back to top button
Close