News

बिना लक्षण एकै परिवारका ४ जनामा भेटियो कोरोना पोजिटिभ

काठमाडौं। अहिले कोरोना भाइरसको त्रास चौतर्फी फैलिएको छ। लक्षण देखिएकालाइ परिक्षण गर्ने क्रम पनि जारी छ। तर यसै बिच दार्जिलिङमा बिना लक्षण कोरोना पोजिटिभ भेटिएको छ। कुनैपनि लक्षण बिनै एकै परिवारका ४ जनामा को’रोना भाइरस पो’जेटिभ भेटिएको हो ।दार्जिलिङको कालेबुङस्थित एक महिलाको गत सोमबार मृ’त्यु भएको थियो ।

उनको मृ’त्युपश्चात परिवारका अन्य सदस्यको स्वास्थ्य प’रीक्षण गर्दा चारै जनामा को’रोना भाइरस पो’जेटिभ भेटिएको बताइएको छ ।परीक्षण गरिएका चारै जनामा को’रोना भाइरसको कुनै पनि लक्षण देखिएका थिएनन् । यद्यपि उनीहरुको परीक्षण रिपोर्ट बुधबार पोजेटिभ आएको उत्तर बंगाल मेडिकल कलेजले पुष्टि गरेको छ ।

हाल उनीहरुलाई उच्च नि’गरानीमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । को’रोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।

Related Articles

Back to top button
Close