News

हे भगवान !!! मलामी पुगेर फर्किएका एक युवालाई हेल्मेट नलाएको भन्दै प्रहरीद्धारा नि*र्घात कु*टपि*ट (भिडियो सहित्)

पथरी- मलामी पुगेर फर्किएका एक जना युवालाई प्रहरीले निर्घात कुटपिट गरेको छ । मोटरसाइकलमा सवार भएपनि हेल्मेट नलगाएको भन्दै पथरी वेश क्याम्पका प्रहरीले कुटपिट गरेका हुन् ।

आइतवार साझ पथरीशनिश्चरे १ पञ्चायत माध्यमिक विद्यालय नजिकैको सडकमा प्रहरीले पथरी शनिश्चरे ४ कीर्तिपुरका प्रेम लिम्बुलाई कुटपिट गरेको हो । प्रहरीले केहि सोधपुछ गर्न खोजेको र जवाफ दिनै लाग्दा प्रहरीले कुटेको प्रत्यक्षदर्शीले वताएको र सो भिडियो साइनो खबरसँग सुरक्षित छ ।

ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार कुटपि गर्ने प्रहरी जवान मदन राईलाई कुटपिटमा संम्लग्न रहेको भन्दै विभागीय कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । पथरी शनिश्चरे ५ धिमाल टोल निवासी वासिनी माया धिमालको मलामी पुगेर जय चोकबाट घर फर्कने क्रममा प्रहरीले कुटपिटबाट सामान्य घाइते भएका उनलाई छलफलपछि प्रहरीले घर फर्काएको छ ।

Related Articles

Back to top button
Close