News

लकडाउनमै बिहे, हप्तादिनपछि दुवैले हामफालेर गरे यस्तो दर्दनाक आत्मह’त्या

दार्चुलाको मार्मा गाउँपालिका- १ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्मह’त्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३० बजेतिर ताकु र गुल्जर जोड्ने सुङर भिरबाट हाम फालेर आत्मह’त्या गरेका हुन्।

राजेन्द्रले एक हप्ता पहिले छिमेकी गाउँकी ललितासँग दोस्रो बिहे गरेका थिए। राजेन्द्रकी जेठी श्रीमती लटिनाथ बस्दै आएकि छन्। राजेन्द्रले दोस्रो बिहे गरेपछि उनी लटिनाथमै बस्दै आइरहेको स्थानीय दिनेशसिंहले जानकारी दिए । राजेन्द्रकी जेठी श्रीमतीले दोस्रो बिहे किन गरेको लकडाउन खुलेपछि अदालत गएर मुद्दा हाल्ने भनेपछि उनीहरु दुवै जना तनाुवमा रहेको हुन सक्ने अनुमान गरिएको छ।

राजेन्द्रले हाम फाल्नु अघि ५ जना स्थानीयलाई फोन गरेर अन्तिम फोन भएको बताएका छन् । थप बुझ्नका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कोमल विष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल खटिएको छ।

Related Articles

Back to top button
Close