News

साउदीबाट फर्केर १२ दिन काठमाडौं बसेका युवकमा कोरोना, भोजपुरमा भयो पुष्टि

भोजपुर । हतुवागढी गाउँपालिकामा एक युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । गाउँपालिकाको २६ वर्षीय युवकको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

द्रुत परीक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभएको छ । ती युवक फागुन ३० गते साउदीबाट नेपाल आएका हुन् । उनी १२ दिन काठमाडौं बसेर चैत ११ गते हतुवागढी आइपुगेका हुन्। होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सक टोली हतुवागढीतर्फ लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको स्वाब संकलन गरेर पुन परीक्षणका लागि बुधबार विहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button
Close