News

भारतबाट २ करोड ४० लाखको औषधि ल्याउँदै सेना

नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँको औषधि खरिद गर्ने भएको छ।

औषधिका लागि आवश्यक पर्ने रकम १ करोड ५० लाख भारतीय रुपैयाँ (२ करोड ४० लाख) पठाउन परराष्ट्र मन्त्रालयालई पत्राचार गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।

रकम जम्मा भएपछि दिल्लीस्थित दूतावासमा भारतले औषधि जम्मा गरिदिने सेनाले जनाएको छ।

नेपाली सेनाले जि-टु-जी प्रक्रियाबाट औषधि खरिद गर्न लागेको हो।

यसअघि नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि सम्झौता गरिसकेको छ।

सेनाले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागेको छ। त्यसका लगि २ अर्ब २५ करोड रुपैयाँ पठाइसकिएको छ।

Related Articles

Back to top button
Close