News

कोरोना उपचारपछि घर फर्किनेको संख्या ७ पुग्यो

काठमाडौं । बुधवार नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । भने कोरोनाको उपचारपछि ७ जना निको भएर घर फर्किएका छन् ।

यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ भने उपचारपछि ७ जना घर फर्किएका छन्।

Related Articles

Back to top button
Close