News

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण हुँदै

लायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार(भोलि) बाट मानिसमा परीक्षण हुनेको भएको छ ।बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको वैज्ञानिकहरूले आशा गरेका छन् ।स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् ।अक्सफोर्डपछि लन्डनको इम्पेरियल कलेज पनि खोप विकासमा लागिपरेको छ ।

खोप परीक्षणको पूर्णनतिजा नआउँदै खोप उत्पादनसमेत सुरु गरिने उद्देश्यका कारण सेप्टेम्बरसम्ममा लाखौँ डोज खोप बनिसक्ने भएको छ ।सामाजिक दूरी र खोप मात्रै कोरोना भाइरसबाट बच्ने अस्त्रका रूपमा रहेका छन् ।‘कोरोना भाइरसलाई जित्ने मुख्य अस्त्र भनेकै खोप हो, हामी आफ्नो सबै बल लगाएर खोप विकासमा जुटेका छौँ, आशा छ यो सफल हुनेछ,’ स्वास्थ्यमन्त्री ह्यानककले भने ।

ह्यानककले आफूहरूले ठूलो मात्रामा खोप उत्पादनका लागि समेत अनुसन्धान थालेको र यो परीक्षण सफल भएमा सबैभन्दा पहिला र छिटो बेलायती जनताका लागि खोप उपलब्ध गर्नेसमेत भनेका छन् ।यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण थालेका छन् ।

विज्ञहरूले खोप विकास र सर्वसाधारणको पहुँचमा पुग्न कम्तीमा १२ देखि १८ महिना लाग्ने बताउँदै आएका छन् ।
यद्यपि त्यो समयभन्दा छिटो खोप तयार पार्ने दौडमा कैयौँ बायोमेडिकल कम्पनी लागिपरेका छन् ।

Related Articles

Back to top button
Close