News

विष सेवन गरी आमा र छोरीको मृत्यु, गम्भीर अवस्थाका छोराको आईसीयूमा उपचार हुँदै

मौलापुर– रौतहटको मौलपुर नगरपालिका–१ मा विष सेवन गरेका एकै परिवारका ३ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ ।

रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको रौतहट प्रहरीले जनाएको छ ।

विष सेवनबाट अवस्था गम्भीर भएको परिवारलाई थाहा भएलगत्तै तीनै जनालाई स्थानीय मौलापुर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा सोनावती र छोरी सोनीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

कोइरीका छोरा दीपक महतोको अवस्था गम्भीर रहेकाले आइसियुमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

घरायसी विवादको क्रममा कोइरीका पत्नी सोनावतीले छोराछोरीलाई सलफेट नामक गहुँमा राख्ने विष खानामा मिसाएर खुवाएर आफूसमेतले सो विषको चक्की सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको खड्काले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

प्रहरीका परिवार र छोराछोरीलाई मा’र्छु र का’ट्छु भनेपछि ज्ञानेन्द्र शाही पक्राउ – प्रहरीज्ञानेन्द्र शाही पक्राउ परेपछि गरिश्माले दिइन् अहिलेसम्मकै कडा चेतावनी (भिडियो हेर्नुस्)कोरोना संक्रमित थप दुई जना निको भए, एक टेकु र अर्का एक धनगढीबाट डिस्चार्जPost navigation
छोरा बाकस भित्र : ७६ वर्षीया आमा भने भिडियो कल गर्ने प्रयासमा !

Related Articles

Back to top button
Close