News

‘लकडाउन’ : नेपालमा भोकै रुवाबासी गर्दै भारतीय नागरिक

बर्दिबास : महोत्तरीको बर्दिबासमा भोकले २५ जना भारतीय नागरिक रोइकराई रहेका छन्। नारायणघाटबाट कुखुराको चल्ला ल्याएर बिक्री गरेर व्यपार गर्दै आएका उनीहरु लकडाउनले भोकभोकै परेका हुन्।
कोरोना भाइरस फैलिन सक्ने र दाना नपाएर उनीले ८ हजार चल्ला खाल्टो खनेर गाडेका थिए। त्यसबाट उनीहरुलाई साँढे तीन लाखको आर्थिक क्षति भएको थियो।

कोरोना भाइरस फैलिन नदिन नेपाल–भारतको सीमा नाका सील गरिएको छ। उनीहरु घर पनि फर्किन सक्ने अवस्था छैन। कोठामा चामल, दाल पनि छैन।
व्यपार, रोजगारीको क्रममा नेपाल र भारतमा रहेका मानिस लकडाउनले संकटमा परेका छन्।
बर्दिबासमा कोठा भाडा लिएर कुखुराको चल्ला बिक्री गरेर परिवार चलाउँदै आएका भारतको वेस्टबंगालका २५ जना खाना नपाएर भोकै रुदैं सहयोगीलाई खाना व्यवस्था गरि दिन बिन्ती गरिरहेका छन्।

‘हामीलाई भारतीय सरकारले आफ्नै देशमा लैजाने व्यवस्था गरोस् नभए नेपालमै खानापानी दिनुस्। केही व्यवस्था नभए हामी भोकैले मर्नु पर्ने आवस्था आयो,’भारतीय नागरिक महोमद नजरुलले भकानिदैं भने,‘बीस बर्षदेखि बर्दिबास बसेर व्यपार गर्दै आएको छु। बन्दीले खानेकुरा केही पाउँदैन। साथमा रुपैंया पनि छैन, भएको पुँजी पनि चल्लामै डुब्यो।’

Related Articles

Back to top button
Close