News
धनगढीमा भेटियो जताततै छरिएको अवस्थामा पचास र सय नोट !
कैलाली, १० बैशाख । कैलालीको सदरमुकाम धनगढीको हाटबजारमा ५० र १०० रुपैयाँका ३ सय ५० बढी रुपैयाँ नोटहरु फालिएको अवस्थामा फेला परेका छन् ।
बुधबार दिउँसो धनगढीको त्रिनगर हाटबजारमा पैसा भेटिएपछि एक जना व्यापारीले प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त क्षेत्रलाई सिल गरेर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले पैसा फालिएकोमा कसैको खसेको हो भन्ने विषयमा अनुसन्धानपछि थाहा हुने बताए ।
हाट बजार भएकाले पैसा खसेको पनि हुनसक्ने उनले बताए ।