News

उदयपुरमा कोरोना सं,क्रमितको नाम जु,धेपछि

उदयपुर, बैशाख १० । उदयपुरको भुल्केमा कोरोना सं,क्रमण पुष्टी भएको एक महिलाको नाम जु,धेपछि समस्या देखिएको छ । सं,क्रमित व्यक्तिको नाम तीन जनासँग मिलेपछि अस्पताल कसलाई लग्ने भन्ने अ,न्यौल भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंगलबार थ्रोट स्वाब परीक्षण गरिएका मध्ये २ महिलासहित तीन जनामा कोरोना सं,क्रमण देखिएको थियो । सं,क्रमण देखिएका दुई महिलामध्ये उमेर नखुलेकी महिलाको नाम गाउँका तीन महिलासँग जु,धेकाले अन्यौल भएको हो । सं,क्रमित भनिएकी महिलाको नामसँग टोलभरिका तीन जना महिलासँग जुधेकाले सं,क्रमित पहिचान गर्न ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टेकुमा कोरोना पुष्टि भएका एक पुरुष र ३६ बर्षीया महिलालाई मंगलबार राती नै विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र पठायौं, तर उमेर नखुलेकी सं,क्रमित महिलाको नाम भएका तीन जना महिला गाउँमा रहेकाले पहिचान गर्न गाह्रो भएको हो ।’

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले सं,क्रमित महिलाको पहिचान गर्ने प्रयास गरिरहेको बताउनुभयो । संक्रमित पहिचान हुन नसके उनीहरुको स्वाब पुन संकलन गरी परीक्षण गर्नुपर्ने सुवेदीको भनाई छ ।

Related Articles

Back to top button
Close