News

भोजपुरका एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं : भोजपुरका एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

यसअघि बिहीबार नै १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको थियो ।

Related Articles

Back to top button
Close