News

डेंगु रोगका लागि मेवाको पात र तुलसी एक औषधीय गुण

काठमाडौं / मनसुनको आगमनसँगै डेंगु रोगको खतरा बढेर गएको छ । नेपालमा पहाडी जिल्लाहरुमा पनि यसको प्रकोप देखिएपछि मानिसहरु सजग बनेका छन् । यसै सिलसिलामा केही घरेलु विधिले यस रोगमा राहत मिल्ने उपाय बारे चर्चा गरौं ।

मेवाको पातः डेंगुको उपचारमा मेवाका पातहरु फाइदाकारी हुन्छन् । यसको लागि पहिले राम्रा मेवाका पातहरु लिएर सफा गर्ने र एक गिलास पानीमा उमालेर प्रयोग गर्न सकिन्छ । यसले प्लेटलेट्स बढाउने र प्रतिरोधात्मक शक्ति बढ्ने हुन्छ ।

त्यसैगरी कालो मरिच र बेसार पनि डेंगु रोगका लागि राहत सिद्ध हुनसक्छ । तातो दुधका साथमा यसलाई लिँदा फाइदा पुग्नसक्छ । यसले एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्रलामेटी गुण हुने भएकाले शरीरलाई फाइदा हुन्छ ।

तुलसी पनि एक औषधीय गुणले भरिएको वनस्पति हो । तुलसी चिया डेंगु रोगीका लागि फाइदाकारी बन्नसक्छ । यो चिया दिनमा तीन देखि चार पटकसम्म पिउन सकिन्छ ।

यदि तपाईको घरमा कसैलाई यो रोग लागेको भए र उसलाई ज्वरोले च्यापेको भए नरिवलको पानी पिउन दिँदा पनि धेरै फाइदा हुन्छ । यसमा पाइने एलेक्ट्रोलाइट्स मिनरल र अन्य पोषक तत्वका कारण शरीलाई मजबुत राख्न मद्दत मिल्छ ।

Related Articles

Back to top button
Close