News

वैज्ञानिकको डरलाग्दो भविष्यवाणी सत्य हुँदै

काठमाडौं। कोरोनाभाइरसबाट अहिले अमेरिका सबैभन्दा धेरै प्रभावित छ । यहाँ ७ लाख ९२ हजारभन्दा धेरै यो भाइरसबाट संक्रमित भइसकेका छन् भने ४२ हजार ५ सय भन्दा धेरैले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् । ७२ हजारभन्दा बढी स्वस्थ भएर घर फर्केका छन् । अमेरिकामा जुन तीब्रताका साथ यो भाइरसको संक्रमण फैलिइरहेको छ र यसबाट हुने मृत्युको संख्या बढिरहेको छ त्यसलाई हेर्दा विशेषज्ञले यसअघि दिएको डरलाग्दो चेतावनी सत्य सावित हुने आशंका बढेको छ ।

उनले अप्रिल महिनाको सुरुवातमा भनेका थिए ‘अमेरिकासँग जादूको छडी छैन जसलाई घुमाएर कोरोनाभाइरस समाप्त हुन्छ ।’ उनले अमेरिकासँग यस्तो कुनै औषधी वा थेरापी पनि नभएकोले अमेरिकीहरुलाई केवल उनीहरुको व्यवहारले मात्र बचाउन सक्ने बताएका थिए । उनले आगामी ३० दिन अमेरिकालाई निकै खराब र चुनौतीपूर्ण हुने चेतावनी पनि दिएका थिए । पछिल्लो समय अमेरिकाका कुनै पनि राज्य वा अमेरिकाको अधीन रहेका कुनै पनि टापु खाली छैनन् जहाँ कोरोनाभाइरस नपुगेको होस् । विश्व महाशक्ति अमेरिकाको लागि यो ठूलो चिन्ताको विषय हो ।

करिब डेढ महिनाअघि मार्च महिनाको सुरुवातमै विशेषज्ञहरुले यो भाइरसले अमेरिकामा २ लाख जनाको ज्यान लिन सक्ने चेतावनी दिएका थिए । यसको आशंका गर्ने विशेषज्ञहरुमध्येका एक अमेरिकाका प्रमुख डाक्टर र संक्रामक रोगका प्रमुख डाक्टर एन्थोनी फाउसी पनि हुन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अमेरिका यसको लागि तयार रहनुपर्ने बताएका थिए । उनका अलावा ह्वाइट हाउसमा कोरोनाभाइरस रेस्पोन्स कोअर्डिनेटर डा. डेबोरा ब्रिक्सले पनि यही बताएका थिए ।

Related Articles

Back to top button
Close