News

अब स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे रु २५ हजार जरिवाना

उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई रु २५ हजार जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ नं वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताए।

Related Articles

Back to top button
Close