News

वैशाखमै साउनको जस्तै झरी: कारण के, कहिले सम्म ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – केहि दिन देखि देशका विभिन्न स्थानहरुमा वर्षा भइरहेको छ। मनसुन भित्रिने समय भइनसकेको भएपनि मनसुनमा जस्तै देशको मौसममा परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी /अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरेको कारण मौसममा बदलि भइरहेको छ।

देशमा पश्चिमी वायु/स्थानीय वायु र पुर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभाव छ। जसकारण देशको धेरै जस्तो ठाउँमा असिना, हावाहुरी र चट्याङसहिन पानी परिरहेको छ।

यो क्रम अझ केहि दिन कायम रहने महाशाखाको अनुमान छ। महाशाखाका अनुसार मौसममा देखिएको यस बदलि तत्कालै अन्त्य हुने सम्भावना छैन।

शनिबार राति पनि मौसम यस्तै रहने र सोमबार सम्म नै देशका विभिन्न स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित पानी पर्ने महाशाखाले जनाएको छ।

शनिबार साँझ महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०१-१३, साँझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पुर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशिक बदली रहेको छ।पुर्वी र मध्य भू-भागको केहि स्थानहरुमा वर्षा भइरहेको छ|

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बैशाख १३ गते (शनीबार)

रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १४ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देदेशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ |

Related Articles

Back to top button
Close