News

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

काठमाडौं । अमरिकी विदेश मन्त्री माइक पोम्पियोले चीनले कोरोना भाइरसविरुद्ध विश्वको ध्यान भड्काउनका लागि नयाँ चाल चाल्न शुरु गरेको आरोप लगाएका छन् ।

बिहीवार एशियाका ठूला नेताहरुसँगको भिडियो कन्फ्रेन्स कायैक्रममा उनले चीनले विश्वको ध्यान भड्काउनका लागि नयाँ चाल चालेको र त्यसमा ध्यान राख्नुपर्ने बेला आएको बताएका हुन् ।

कोरोना महामारीकाबीचमा चीनले गर्दै गईरहेको गतिविधि देख्दा लाग्छ चीन कुनै न कुनै ठूलो षड्यन्त्रको तयारी गर्दैछ ।

कोरोना भाइरसको उद्गमस्थल चीन यस समय विश्वको निशानामा रहेको छ । अमेरिका सहित अधिकांश देशहरुले चीनलाई कोरोना भाइरस महामारीको दोषी र जिम्मेवारी मान्दै आएका छन् ।

यस्तो अवस्थामा चीनले आफ्नो दक्षिण चीन सागरमा तीव्र गतिका साथ विभिन्न गतिविधिहरुमा लागेको छ ।

चीनले चालिरहेको यस कदमलाई अन्तर्राष्ट्रिय समुदायको ध्यान भड्काउने षड्यन्त्रको रुपमा हेरिएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले बिहीवार एक भिडियो कन्फ्रेन्सको माध्यमबाट एशियन नेताहरुलाई यस बारेमा जानकारी दिएका छन् ।

उनले भने,’दक्षिण चीन सागरमा ड्र्यागनको आक्रामक गतिविधीले सारा विश्वलाई महामारीसँग लड्को लागि समस्यामा उल्झाईरहेको छ ।’

उनले एक वैज्ञानिक रिपोर्टमाथि चिन्ता जनाएका छन् । उनले चीनद्वारा मेकांग नदीको पानीको बहाव बदल्दा थाईल्याण्ड, लाओस, भियतनाम र कम्बोडियाका सिञ्चित भूमीमा सुक्खा भएको बताएका छन् । साथै माछा मारेर जीविकोपार्जन गर्नेहरुको रोजिरोटी खोसिएको बताएका छन् ।

साथै पोम्पियोले यस महिनाको शुरुमा चीनको तर्फबाट भियतनामको माछा समात्ने एक जहाँज डुबाएको मुद्दा पनि उठाएका छन् । उनले भने, ‘बेइजिंग कोरोना भाइरसको कारण विश्वमा मच्चिएको हाहाकारको फाइदा उठाउन चाहान्छ ।’

पोम्पियोले चीनले अन्य देशहरुलाई डराउनका लागि आफ्ना सैन्य जहाज तैनाथ गरिरहेको र सैन्य शक्ति प्रदर्शनमा लागेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘विश्वलाई डराउनका लागि चीनले यो सबै गतिविधिहरु गरिरहेको छ, किनभने चीन महामारीको यो संकटमा विश्वलाई डराएरअपतटिय गयस र तेल परियोजनाहरुको विकास पूरा गर्न चाहान्छ ।’

अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै चीन

चीनका कारण एशियाका अधिकांश देशहरु हैरान भएका छन् । हालै मात्र जापानका विदेश मन्त्री तोशिमिसु मोटेगीले पूर्वी चीन सागरको सेनकाकु द्वीप समुहको नजिक आफ्नो जलक्षेत्रमा चीनले जहाज पाएकोमा विरोध गरेका थिए ।

चीनको जहाजहरुले यस वर्ष मात्रै जापान सरकारको नियन्त्रणमा रहेको द्वीपहरुमा ७ पटक बिना अनुमति प्रवेश गरेको छ । चीनले उक्त द्वीपहमा पनि आफ्नो भएको दाबी गर्दै आएको छ ।

जापानको साथै फिलिपिन्सले पनि अन्तर्राष्ट्रिय कानून उल्ल्ंघन गरेको मामिलामा चीनविरुद्ध दुईपटक विरोध जनाइसकेको छ ।

Related Articles

Back to top button
Close