News
पर्सामा थप २ जनामा कोरोना संक्रमणको आशंका
काठमाडौं – पर्सा जिल्लाको वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ देखिएको छ । वीरगन्ज महानगरका २ जना पुरुषमा कोरोना भाइरस कोभिड–१९ देखिएको हो ।
कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरका १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएकोमा २ जनामा कोरोना आशंका भएको छ ।
कोरोना संक्रमणपछि नारायणी क्षेत्रीय अस्पतालक ईमर्जेन्सीमा उपचार गराइरहेको स्रोतले जनाएको छ ।