News

अस्पतालका बि’रामीको सेवा गर्दा परिवारै सं’क्रमित : परिवार एक जुट भएर यसरी जित्यौं को’रोना

अमेरिकाको न्युयोर्कमा ९ बर्षदेखि नर्सिङ पेशामा आवद्ध आशा साहले मार्चको तेश्रोसातातिर आफूले काम गर्ने जकोभी मेडिकल सेन्टर ब्रोंक्समा कोभिड सं’क्रमित बि’रामीको सेवा गर्नुपर्यो । उनले लगातार तीनरातसम्म हेरचाह गरेका एकजना बि’रामीमा को’रोना पोजेटिभ देखियो । आफ्नो अस्पतालमा काम गर्ने केही स्टाफहरुमा पनि को’रोना सं’क्रमण भएपछि र आफूले सेवा गरेका बि’रामीहरुमा पनि को’रोना पुष्टी भएपछि आशालाई आफूलाई पनि को’रोना सं’क्रमण होला कि भन्ने आशंका थियो ।

अर्थात् आफू जो’खिममा रहेको कुरा उनलाई थाहा थियो । तर को’रोना सं’क्रमण भइहाल्ला भन्ने चाँही लागेको थिएन । आशाले सर्जरी युनिटमा काम गर्ने भएकाले यो युनिटलाई सुरक्षित युनिटका रुपमा मानिएको थियो । किनभने यदि कुनै बि’रामीहरुमा कोभिड १९ को लक्षण देखिएमा उनीहरुलाई सिधै अर्को युनिटमा पठाउने गरिएको थियो । तर जब उनले सेवा गरेका केही बि’रामीमा को’रोना पोजेटिभ देखिनुका साथै काम गर्ने स्टाफहरु को’रोना सं’क्रमण पुष्टी भएपछि क्वारेन्टीनमा बस्न थाले, त्यतीबेलादेखि नै उनले आफूलाई मनोवैज्ञानिक रुपमा तयार पारेकी थिइन् ।

आफ्नो परिवारमा को’रोनाको सं’क्रमण भइहालेपनि त्यसकाबि’रुद्ध ल’ड्नुपर्छ भन्ने मनोभावका साथ उनी र उनका श्रीमान् अमित शाहले दाल, चामल लगायतका ग्रोसरीहरु किनिसिकेका थिए भने टाइलोनोल लगायतका औषधी र भिटामिनहरु पनि किनेका थिए । त्यस्तै मास्क, पञ्जा लगायतको पनि जोहो गरिसकेका थिए ।

मार्च २६ को राती पनि आशा अस्पतालमा नियमित ड्युटीका लागि गइन् । मार्च २७ पछि उनको लगातार तीनदिन बिदा थियो । त्यसैले बिदामा घरमा आराम गर्ने सोंच बनाएर उनी फर्कदै थिइन् । तर फर्कने बेलामा उनलाई अ’चानक जिउ दु’ख्यो । उनी भन्छिन् – ‘घर फर्कने क्रममा मलाई एकदमै गाह्रो भयो । मलाई यस्तो जि’उ दु’ख्यो कि अहिलेसम्म यसरी जि’उ दु’खेको थाहै छैन । घर आइपुग्दासम्म टाउको पनि एकदम दु’खेको थियो ।’

सुरुमा त अघिल्लो हप्ता ५ दिन लगातार काम गरेकाले धेरै काम गरेको कारण शरिर दु’खेको हुनसक्छ भन्ने लाग्यो उनलाई । घरमा आइसकेपछि नुहाईधुवाई गरिन् । डिटोल, साबुन हालेर क’पडाहरु धो’एर सुकाइन् । अनि केहीबेर आराम गरिन् ।

आफूले हेरचाह गरेका बि’रामीमा को’रोना पोजेटिभ देखिएकाले उनलाई कतै को’रोनाका सं’क्रमण त भएन भनेर आ’शंका भने लाग्यो । त्यसपछि उनले श्रीमान र बच्चालाई आफू क्वारेन्टीनमा बस्नुपर्ने बताइन् । मुख्य बेडरुममा बाथरुम पनि भएकाले उनले त्यो बेडरुमलाई छाडेर क्वारेन्टीनमा बस्न थालिन् । छोरा र श्रीमान्बाट दुरी कायम गरिन् ।

मार्च २७ शुक्रबारदेखि देखिएको लक्षण बढ्न थाल्यो । त्यसपछि उनले ३११ मा फोन गरेर सबै कुरा बताइन् । तर उनीहरुले कडा लक्षण नदेखिंदासम्म टेस्ट नहुने बताए । उनीहरुले स्वासप्रस्वासमा गाह्रो भएमामात्र अस्पतालमा भर्ना गर्ने र टेस्ट गर्ने अन्यथा नगर्ने बताए । उनले टेस्ट गराउन चाहेकाले विभिन्न अस्पतालमा भएका साथीहरुलाई फोन गरिन् । उनीहरुले नजिकको अर्जेन्ट केयरमा जान सुझाव दिए ।

Related Articles

Back to top button
Close