News

झापाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमित थपिएका छन् । आइतवार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।भने उनी अस्पतालको सम्पर्कमा रहेको साथै उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

उनीसँगै नेपालका कोरोना संक्रमितको संख्या ५२ जना पुगेको छ । भने हालसम्म १६ जना उपचारपछि घर फर्किएका छन् । यस अघि पनि झापाका अर्का एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिति

महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार आइतवा मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २० हजार १३८ जना पुगेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ३६४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६१४, बेलायतमा २० हजार ३१९ जना, बेल्जियममा ६ हजार ९१७ जना, जर्मनीमा ५ हजार ८७७ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जना, स्वीडेनमा २ हजार १९२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५९९ जना, आयरल्यान्डमा १ हजार ६३, पोर्चुगलमा ८८० जना तथा रसियामा ६८१ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ६५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ४ हजार ५७ जना, टर्कीमा २ हजार ७०६ जना, क्यानाडामा २ हजार ४६५ जना, मेक्सिकोमा १ हजार ३०५ जना, भारतमा ८२५, इन्डोनेसियामा ७२० जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ । रासस

Related Articles

Back to top button
Close