News

कहिले खुल्छ त विद्यालय हेर्नुस् यस्तो छ तयारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना संक्रमणलाई ध्यान दिंदै वैकल्पिक शैक्षिक विधिको प्रयोगबाट अध्ययन–अध्यापन सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा आयोजित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रममा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने बताए । यसर्थ, सिकाइ क्रियाकलाप तत्कालका लागि वैकल्पिक विधिबाटै सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरे ।

शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक संगठन परिवारलाई उनले धन्यवाद व्यक्त गरे । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन सकेको छैन । यस्तो अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनका आधारमा अब स्थगित परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताए ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले कोरोना माहामारीको विद्यमान अवस्थामा शिक्षण सिकाइ क्रियाकलापका वैकल्पिक उपायको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व गरेकामा संगठनको कास्की समितिलाई धन्यवाद व्यक्त गरे ।

Related Articles

Back to top button
Close